जिल्ला सहकारी संघ लि. काभ्रेको साधारण सभा सम्पन्न 

बनेपा काभ्रे –

जिल्ला सहकारी संघ लिमिटेड काभ्रेको  आफ्नै नव निर्मित भवनको पाँचौँ तलाको कौसीमा ૪१ औँ साधारण सभा कार्यक्रम सञ्चालन गरिएको थियो । संघका अध्यक्ष दिलीप शर्माको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैक अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक श्री के.बि.उप्रेती रहनु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष अमन पोटेले गर्नु भएको थियो । कार्यक्रममा आमन्त्रण  विभिन्न संघ संस्थाहरूबाट पाल्नु भएका अतिथिहरूले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

जिल्ला सहकारी संघले आफ्नो ५५ वर्ष स्थापनाकाल दिन २०७९ भाद्र २६ गते साधारण सभा गर्ने तयारी गरिएकोमा विविध कारणले उक्त कार्यक्रम रोकिएको थियो । आज आफ्नै भवनमा शुभ साइतको होम गरी झर्दै २०७० व.मी.जग्गामा नव निर्मित विशाल भवनको पाँचौँ तलाको छटमा जिल्ला सहकारी संघ लिमिटेड ( डिस्कोफ) ૪१ औँ वार्षिक साधारण सभा गर्ने अवसर पाएको छ ।

कार्यक्रममा संघको नीति योजना र कार्यक्रमको प्रस्तुतीकरण अध्यक्ष श्री दिलीप शर्माले दिनु भएको थियो । यसै गरी संघको प्रगति प्रतिवेदन सचिव श्री निरञ्जन बिष्ट र आर्थिक प्रतिवेदन कोषाध्यक्ष श्री राजन शाक्यले प्रस्तुत गर्नु भएको थियो । लेखा तथा सुपरिवेक्षण समितिको  तर्फबाट श्री सरस्वती चिमौरियाले विश्लेषणात्मक सहकारीको प्रतिवेदन साधारण सभामा प्रस्तुत गरेकी थिइन । 

जिल्ला सहकारी सँग लिमिटेडले स्थापनाकाल देखी धेरै नै आरोह अवरोह पार गर्दै बनेपाको मुटुमा रहेको पहिला मल गोदामले प्रख्यात ठाउँ गोदाम चोकमा अहिले बहु आयामिक भवन बनाउन सफल भएको छ । तरकारी बजार देखी सहकारी कार्यालयहरू र विभिन्न व्यापारिक गतिविधिको केन्द्रको रूपमा उक्त भवन परिचालित हुनेछ । जिल्ला सहकारी भवन व्यावसायिक रुपमा करौडौ रकम घर भाडा आम्दानी हुने उपलब्धि मूलक संघको भवन हुने भएको छ । 

सहकारीहरूको वार्षिक साधारण कार्यक्रममा सहभागी संधमा आबद्ध सहकारीहरूको सहभागिता भने सभामा हाजिर जनाऊ,आऊ ,खाऊ र जाऊ मात्रको लागी भएको छ ।  आजको सहकारीको जोखिम अवस्थामा सहकारीलाई कसरी टेवा पुर्‍याउनु पर्छ । सहकारीको विषयमा सहकारी विज्ञहरूको राय सुझावहरू प्रस्तुत हुन सकेन । प्रमुख अतिथि , विशिष्ट अतिथिहरूले सहकारीहरूमा अहिले आएको समस्या हेरौँ ,पर्खौँ ! सहकारीमा सधैँ यस्तो समस्या नरहने अनुमान गर्दै सहकारी उत्थानमा सबैको हातेमालो रहनु पर्दछ भन्दै जिल्ला सहकारी संघको प्रगतिको कामना गर्दै साधारण सभा सफलताको शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन संघका सचिव निरञ्जन बिष्टले गरेका हुन् ।

देशको आर्थिक संकटको समयमा सहकारीहरूका पिडा ,भन्न नहुने कथा , गाउन नहुने गीत सबै सहकारीका एउटै ब्यथा भएको छ । जिल्ला भरिको सहकारीको अवस्था के कस्तो रहेको छ ?  जानकार रहुन् पर्ने जिल्ला सहकारी संघको कार्यक्रममा सहकारीको विषयमा कुनै उल्लेखनीय ,उपलब्धि मूलक , वा सहकारीहरुको बिग्रँदो परिस्थितिको बारेमा चर्चा भने हुन सकेन ।

प्रतिक्रिया

प्रतिक्रिया
नाम