spot_img

साहित्य श्रस्ताहरुको मान , अक्षरमार्गको सम्मान !

अक्षरमार्ग पनौती काभ्रेको वार्षिक उत्सव समारोह कार्यक्रममा चार पुस्तकहरूमा घाम फुल्ने याम र मकर मेला अफ पनौती दुई पुस्तकको दोस्रो संस्करण र मन कुसुम , कथामा समवेत स्वरहरू नयाँ पुस्तकहरू लोकार्पण संयुक्त रूपमा अतिथिहरूले हात हातमा किताब उठाएर विमोचन गरिएको थियो ।

उक्त कार्यक्रम अक्षरमार्ग संयोजक , साहित्यकार , लेखकको रुपमा चिनिने सूर्य प्रसाद लाकजुको सभापतित्वमा प्रमुख अतिथि के के कर्माचार्य वरिष्ठ कलाकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिस्थानका कुलपति रहनु भएको थियो । प्रमुख अतिथिमा  काभ्रेका चिनारी वरिष्ठ साहित्यकार मोहन दुवाल आसिन थिए । 

शम्भुलाल श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा आज अक्षरमार्ग विषय विभिन्न बिधामा दिएको सम्मान पत्र उदघोषक श्रेष्ठले वाचन गरी विशिष्ट व्यक्तिहरूले टीका लगाई दोसल्ला ओढाएर सगुन समेत प्रदान गरी निम्न  साहित्य उस्कूष्ठ व्यक्तिहरूलाई उक्त सम्मान प्रदान गरिएको छ । 

  • बिष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मान रोचक घिमिरेलाई साहित्यकार एवं साहित्य पत्रकारको रूपमा सेवा गरे बापत प्रदान गरिएको छ ।
  • नर बहादुर अक्षरमार्ग सम्मान डा. शैलेन्द्र प्रकाश नेपाललाई साहित्यकार एवं समालोचक भूमिका बापत उक्त पुरस्कार प्रदान गरिएको छ ।
  • श्री राम अक्षरमार्ग सम्मान विराटनगरका गङ्गा सुवेदीलाई साहित्यकार एवं साहित्य पत्रकारको रूपमा सेवा गरे बापत प्रदान गरिएको छ ।
  • कूष्णसुन अक्षरमार्ग साहित्य पत्रकार सम्मान  श्री राम श्रेष्ठलाई साहित्यकार एवं साहित्य पत्रकारको रूपमा सेवा गरे बापत प्रदान गरिएको छ ।
  • कृष्णदास अक्षरमार्ग स्रस्ता सम्मान  डा . साधना पन्त प्रतीक्षालाई प्रदान गरिएको छ ।
  • धुर्बमिरा अक्षरमार्ग मिराज प्रतिभा सम्मान डा . विजय पण्डितलाई प्रदान गरिएको छ ।
  • अक्षरमार्ग भरतराज काभ्रेली गौरव सम्मान स्थानीय तुयुकाजी ताम्राकारलाई साहित्य क्षेत्र र पनौती चिनारीमा योगदान बापत प्रदान गरिएको छ ।
  • खडगवेद अक्षरमार्ग सहयात्रा सम्मान  डा .विजय कर्माचार्यलाई गायन तथा संस्कूतीकर्मीको रूपमा योगदान गरे बापत प्रदान गरिएको छ ।

छोटो मिठो रूपमा कम साहित्य व्यक्तिहरूलाई समय दिएको  कार्यक्रममा मोहन दुवालले सम्मानित व्यक्तित्वहरूको चिनारी प्रस्तुत गर्नु भएको थियो ।  विमोचित किताबको बारेमा राम सुन्दर देउजाले प्रकाश पारेको थियो भने विमोचित पुस्तक का सर्जक कृष्ण प्रसाद सिटौलाबाट एउटा कविता वाचन गर्नु भएको थियो । 

कार्यक्रममा सभापति सूर्य प्रसाद लाकजुले प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो । सभापतिले कार्यक्रम समापनमा सम्मानित स्रस्ताहरुलाई सम्मान कदर पत्र सहित फोटो सेसनको रोमाञ्च दृश्यमा कार्यक्रमको अन्त्य भएको जानकारी दिनु भएको थियो । सभ्य र भव्य महसुस भएको कार्यक्रममा उपस्थित साहित्य प्रेमीहरूलाई मिठो भोजनको व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया
नाम