spot_img

नेता ज्यू मैले भोट किन हालुँ ?


नेता ज्यु मैले गल्ती गरे की ?
देशमा स्थानीय देखि संसदीय चुनाव हँुदैछ । मैले लोकतन्त्र गणतन्त्र को प्रजातान्त्रिक नागरिक भएर भोट दिने अवसर पाएको छु । अब मैले कसलाई भोट दिने मेरो नैसर्गिक अधिकारको कुरा हो । अहिले मेरो अधिकार माथी कुनै न कुनै दलले मेरो हात खुट्टा बाँधेको अनुभव हुँदैछ । यो देशमा पार्टी विहीन नागरिक को छ ? अब चुनाव अगाडि हरेक दिन, घर दैलोमा भोट माग्नेहरूको लस्कर आउने छन् । फलानो पार्टीलाई भनेर भोट माग्नेछन् । सकेसम्म आफ्नो पार्टीको बिल्ला भिडाउने छन् । चुनाव नसकुन्जेल टेन्सनको भारी बोकाउने छन् अनि चुनाव सकियो । जित्ने नेताहरूले आफ्नो कार्यकाल भरी साँवा ब्याज सहितको खर्च यिनै जनताबाट कर असुल्ने छन् । जनतालाई नाङ्गो बनाएर देश समृद्धि र विकासको कुरा गर्नेछन् । हामी कसलाई आफ्नो गुनासो पोख्न सक्छौ ? फेरि नेताहरू अर्को चुनाव नआएसम्म जनताको समस्या पिर मर्का बुझ्न जनताको घर दैलो आउने छैन । सिंह दरबारको निर्देशनमा आफ्नो कार्यालयमा व्यस्त भएर जनताको कुरा होइन सत्ता सरकारमा रुमलिएर आफ्नो कार्यकाल गुजार्ने छन् ।

चुनाव किन र के को लागि ?

जनताको उद्देश्य भन्दा परको वास्तविकता ! देश र जनताको लागि चुनाव भन्छन् । यो चुनावले देशको अर्थतन्त्र बजार भाउ र जनताको आम्दानी आय श्रोतमा ठुलो धक्का लाग्नेछ । चुनावको अनुरूप देशमा एकमना सरकार जनताका लागि योग्य प्रतिनिधि चयन हुन सकेमा यो खर्च हिसाब नगन्य हुने थियो । परिस्थिति यस्तो हुने छैन । अहिले पार्टी वा व्यक्ति जसरी भए पनि चुनाव जित्नको लागि मात्र तयारीमा किन लागेका छन् ? चासोको विषय ! यो चुनाव जनता लागि हो की, नेताहरूको लागि हो ?

म नागरिक भएर भोट राख्न जाँदा मतदान केन्द्र भित्र कोही कसैले कुनै पार्टी र सङ्गठनको झन्डा मत चिन्ह र पार्टीको व्यक्ति भनेर छिर्ने छैन । उसले आफ्नो गोप्य मतदान स्वविवेकले राख्न पाउँछ । मतपत्रमा उसले छाप लगाउँदा उसले आफ्नो मन मस्तिक मात्र हैन देश हितको लागि मतदान गर्नुपर्छ । पार्टी भनेर लादिएको व्यक्ति लाई मात्र होइन । टोल आफ्नो क्षेत्रमा स्वविवेकले जनताको सेवा गर्ने व्यक्तिलाई हामीले चुन्न सक्नुपर्छ । म कुनै पार्टीको सिपाही भएर मतदान गर्ने होइन । ‘सबैको लागि देश, पार्टी भन्दा माथी हुन्छ’ योग्य व्यक्ति आजको आवश्यकता हो । हामीले आफ्नो मान्छे होइन । राम्रो मान्छेलाई भोट दिऊ भन्ने मानसिकता बोक्नुपर्छ । सातै छाप एकै ठाम भनेर आफ्नो पार्टीको बफादार व्यक्तिले एक पटक हाम्रा नेताहरूलाई सोध्नै पर्ने हुन्छ । हामीले के को लागि मतदान गर्ने ? चुनावमा तपाईँलाई जिताउन सत्ताको खेल मात्र हो कि ? हामी नेपालीहरूले हरेक नेताहरूलाई सोध्नैपर्छ ।

हामीले कसको लागि र किन भोट दिने ? हामीले व्यक्ति छान्ने अधिकार हामीसँग छ की छैन ? पार्टीले योग्य भनेको व्यक्ति जनताको लागी हितकारी छ की छैन ? अहिले पार्टी र आफू व्यक्ति जित्नको लागि गठबन्धन मिलेमतोका नानाथरिका राजनीतिक चक्रब्युह रचेर जनता झुक्क्याउने रणनीति बुन्दै छन् । जनताको सेवा गर्न हैन आफ्नो र आफ्नो मान्छे जिताउन पार्टीको रणनीति तयार गर्दैछन् । राजनीतिमा वर्ग शत्रु हुँदैन रे ! आजभोलि राजनीतिमा आफ्नो पार्टी भित्र पनि सबै एक हुँदैनन् । गुट बन्दी भएर चिरा परेको हुन्छ । तर राजनीतिको फोहरी खेल अहिले जुन सुकै विचार धाराको वर्ग र पार्टीसँग गठबन्धन हुन सक्ने अवस्थाले गर्दा कुनै पनि पार्टी सङ्गठनले आफ्नो स्वच्छ छविको पार्टी नीति नियमको चुनावी घोषणा पत्र प्रस्तुत गर्न सकेका छैनन् ।

जसरी पनि चुनाव जित्ने उद्देश्यले चुनावी गठबन्धनमा लागेका छन् । नेताहरूलाई यो हेक्का रहेन नभएको भाग खोज्दै गर्दा आफ्नो पोल्टाको सामान गुमेको पट्टै पाउँदैन । जो चुनाव हा¥यो उसले सबै गुमायो । जसले चुनाव जित्यो उसले सब थोक पायो । बधाई र शुभकामनाको ओइरोले आफ्नो मान्छे भएको देखाउने प्रयत्न गर्छन् । नेताले भोट दिने र नदिनेहरूको हिसाब किताब राख्ने गर्छन् । जन प्रतिनिधिको रूपमा रहँदा समान व्यवहार गर्न आफूलाई बदल्न सक्दैनन् । नेता जिताउनका लागी मात्र जनताले भोट हाल्नु पर्ने किन ? जोसुकै व्यक्तिहरूलाई पार्टी प्रवेश गराउन सक्ने , गठबन्धनमा जो जसलाई पनि टिकट दिन सक्ने भए पछि हामी कार्यकर्ताहरूले छानी छानी भोट दिन पाउने कि नपाउने ? नेता ज्यु मैले गल्ती गरे की ?

प्रतिक्रिया

प्रतिक्रिया
नाम