spot_img

तदर्थ समितिमा उमेर हदको वहस र नेविसंघको अबको नेतृत्व

पार्टी र संगठनमा जिम्मेवारी पाउने कुरा जिम्मेवारी पाउने या नपाउने व्यक्तिको स्वार्थको कुरा मात्र होइन । विद्यार्थी संगठन कुनै पदीय भूमिकामा रहनकै लागि मात्र राजनीति गरिने होइन भन्ने कुरा स्वीकार्य होला तर पार्टी नेतृत्वको कमजोरीका कारण वर्षौं देखि अव्यवस्थित बनेको संगठनको फेरो समातेका विद्यार्थीलाई सजाय के का लागि ?

अमृत पाण्डेय

गत फागुन ३ गते बसेको नेपाली कांग्रेस कार्यसम्पादन समितीको वैठकले नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको केन्द्रीय तदर्थ समिती विधानमा उल्लेखित उमेरहदको व्यवस्था गरे अनुरुप गठन गर्ने निर्णय गर्यो । २०७५ मा संसोधन भएको नेविसंघको विधानले ३२ वर्षे उमेर हदको व्यवस्था गरेको छ ।

कार्य सम्पादन समितिको उक्त निर्णयसँगै नेविसंघको विद्यानको धारा ५ को उपधारा ५ मा उल्ल्ेखित ३२ वर्ष उमेर पुरा भएको व्यक्ति नेविसंघको सदस्य बन्न नपाउने व्यवस्थाको कार्यान्वयन कसरी गर्ने भन्ने कुरामा प्रश्न जन्माएको छ ।

उल्लेखित विधानले १२ औ महाधिवेशनबाट ३२ वर्षे उमेर हद लागु हुने उल्लेख छ । तर कार्यसम्पादन समितीको वैठकले १२ औं महाधिवेशन गर्नको लागि बन्ने तदर्थ समितिबाटै नेविसंघको संसोधित विधानलाई लागु गर्ने निर्णय गर्दा नेविसंघमा तरंग उत्पन्न गराएको छ । यस विषयमा बहस हुनु स्वाभाविक पक्कै पनि छन् ।

यो विषयलाई लिएर विद्यार्थी नेतासँगै कांग्रेस नेताहरु पनि विभाजित देखिएका छन् । एकथरी नेताहरुको तर्क छ, “अब बन्ने तदर्थ समितिमा उमेरहद भन्दा पनि परिपक्क र सक्षम नेतृत्व ल्याउनु पर्छ ।” अहिलेसम्म नेविसंघमा लागेका कतिपय विद्यार्थी नेताले उपयुक्त जिम्मेवारी पाएका छैनन् । उनीहरुको व्यवस्थापनका लागि उमेरहद लगाउन नहुने उनीहरुको तर्क छ ।

संसोधित विधान १२ औं महाधिवेशनवाट लागु हुने भनिएकाले पार्टीले अहिले तदर्थ समिति गठन गरि सोही समितिलाई १२ औ महाधिवेशन आयोजना गर्न जिम्मा दिने भनेकोले तदर्थ समीतीमा २०७५ मा संसोधीत विधान आकर्षित नहुने तर्क नेविसंघका अर्काथरी नेताहरुको छ ।

उमेर हद लागु गर्ने आफैमा सह्रनीय कुरा हो । इतिहास तिर फर्किएर हेर्ने हो भने धेरै नेता विद्यार्थी राजनीतिबाट आएका र २५ देखि ३५ वर्ष भित्रै नेविसंघको अध्यक्षको जिम्मेवारी पुरा गरेको अवस्था छ । तर यो संभावना नियमित अधिवेशन हुँदा संभव भएको हो । २०२७ मा नेविसंघ स्थापना हुँदा बिपिन कोईराला २४ वर्षमा अध्यक्ष भए । त्यसको एक वर्षपछी २७ वर्षको उमेरमा शेर वहादुर देउवा अध्यक्ष बनेका थिए । विमलेन्द्र निधी २४ मै अध्यक्ष भएका थिए । नियमित अधिवेशन भएको खण्डमा अबका अधिवेशनमा यही उमेर समुहका नेताहरु नेतृत्वमा आउने हो ।

लामो समय देखि महाधिवेशन नियमित हुन नसक्दा विद्यार्थी राजनीतिको नेतृत्वमा पुग्ने विद्यार्थी नेताको पटक पटकको सपना तुहाउने काम भएको छ । नेपाल विद्यार्थी संघमा धेरै नेताले जीवनको उर्वर समय लगानी गरेका छन् । जीवन र यौवन त्यसमै समपर्ण गरेका छन् । लामो समय नेविसंघको अधिवेशन नहुँदा ती नेताहरु जिम्मेवारी पाउनबाट बञ्चित बनेको अवस्था छ ।

भातृ संस्थाको नेतृत्व व्यवस्थापन गर्ने पार्टीको जिम्मेवारी हो तर यस विषयमा पार्टी नेतृत्व गम्भिर बनेको पाइदैन । विद्यार्थी राजनीति सुरु गरे देखि दशकौं पार्टी र संगठनले न्याय गर्ने र त्यागको मूल्यांकन हुने अपेक्षा अहिले पनि सयौं नेताहरुमा छन् । उनीहरु वर्षौं देखि फगत विद्यार्थी नेताको विल्ला भिरेर पार्टी र संगठन प्रति वफादार बनेका छन् ।

पार्टी नेतृत्व पटक पटक अनिर्णित बन्ने अहिले आएर डम्पिङ साइटकाृ अवस्था बनाइएको संगठनका आकांक्षीलाई स्वार्थी दख्ने एकांकी विश्लेषण साँच्चै सन्तुलित मान्न सकिएला त ? विद्यार्थी नेता जनतामा जाँदा कुन हैसियतमा जाने ? जनतालाई उसलाई के का आधारमा नेता मान्ने र जनतासँग उसले कुन उचाईमा रहेर पार्टीका विषयमा कुरा गर्ने यो पनि वहसको विषय होला नि ?

उनीहरुको समेत व्यवस्थापन गर्दै अगाडी बढ्ने हो भने मात्र सबैलाई पार्टीले न्याय गरेको अनुभुती हुन्छ । विधान अनुरुप अधिवेशनवाट आउने नेतृत्वका लागी उमेर हदको व्यवस्था गर्दा सबैलाई न्याय हुन सक्दछ । त्यस पश्चात नियमित रुपमा २ वर्षमा अधिवेशन हुने हो भने ३२ वर्ष उमेर हद स्वत : लागु हुने अवस्था बन्न सक्छ । नियमित अधिवेशन भएपछि सबैको पालो आउँछ र क्याम्पस अध्ययन गरिरहेका विद्यार्थी नै नेतृत्वमा आउन सम्भव छ ।

पार्टी र संगठनमा जिम्मेवारी पाउने कुरा जिम्मेवारी पाउने या नपाउने व्यक्तिको स्वार्थको कुरा मात्र होइन । विद्यार्थी संगठन कुनै पदीय भूमिकामा रहनकै लागि मात्र राजनीति गरिने होइन भन्ने कुरा स्वीकार्य होला तर पार्टी नेतृत्वको कमजोरीका कारण वर्षौं देखि अव्यवस्थित बनेको संगठनको फेरो समातेका विद्यार्थीलाई सजाय के का लागि ? पार्टी नेतृत्व पटक पटक अनिर्णित बन्ने अहिले आएर डम्पिङ साइटकाृ अवस्था बनाइएको संगठनका आकांक्षीलाई स्वार्थी दख्ने एकांकी विश्लेषण साँच्चै सन्तुलित मान्न सकिएला त ? विद्यार्थी नेता जनतामा जाँदा कुन हैसियतमा जाने ? जनतालाई उसलाई के का आधारमा नेता मान्ने र जनतासँग उसले कुन उचाईमा रहेर पार्टीका विषयमा कुरा गर्ने यो पनि वहसको विषय होला नि ?

अहिले १७ लाख मतदाता नयाँ आएका छन् । उनीहरुलाई आकर्षित गर्ने खालको विद्यार्थीको हकहितमा बोल्न सक्ने र शैक्षक एजेन्डा उठाउन सक्ने युवा विद्यार्थीलाई आकर्र्षित गर्ने तथा परिचालित गर्ने खालको वैचारिक नेतृत्वनै नेविसंघका सदस्यको चाहाना बन्नुपर्छ ।

निर्वाचन नजिकिँदै गर्दा नेविसंघका प्रत्येक सदस्यलाई प्रशिक्षण दिएर नेपाली कांग्रेसका विचार र दृष्टीकोणहरु तथा नेपाली कांग्रेसका विषयमा जनताकाबीचमा छरिएका भ्रमहरु चिर्न नेविसंघलाई परिचालन गर्नुपर्ने अवस्था छ । त्यसलाई ध्यानमा राखी अबको नेतृत्व ल्याउनुपर्छ । नेपाल विद्यार्थी संघ भित्र नै धेरै समस्याहरु देखिएका छन् । कतिपय कलेज तथा जिल्लामा गुट अनुसारका समितिहरु रहेका छन् । विद्यार्थी साथीहरुलाई मिलाउन नसक्ने नेतृत्वका कारण यस्तो अवस्थाको सृजना भएको हो । यो समाधान गर्न सक्ने नेतृत्व आजको आवश्यकता हो । त्योसँगै देशभरीका मावि र कलेजका ईकाई समिति विस्तार गर्न सक्ने योजना भएको विद्यार्थी नेतालाई लाई अबको नेतृत्व सुम्पनुपर्छ ।

प्रतिक्रिया

प्रतिक्रिया
नाम