Tuesday, January 18, 2022

स्थानीय निर्वाचन बैसाख १४ र २२ मा !

काठमाडौं– निर्वाचन आयोगले बैसाख १४ मा एकै पटक वा बैसाख १४ र २२ मा स्थानीय निर्वाचनको लागि दलहरूलाई सुझाव दिएको छ।

शुक्रबार सम्पन्न आयोग र दलहरूसँगको संयुक्त छलफलमा छिट्टै निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए। ‘आयोगले बैसाख १४ मा एकै पटक वा २२ बैसाखमा गरि दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएको छ, सरकारले यसका बारेमा निर्णय गर्नुपर्छ’ उनले भने ।

आजको छलफलमा माघको १२ गते सम्पन्न हुने राष्ट्रिय सभा निर्वाचनको तयारी, मतदाता नामावली संकलनको अवस्था र स्थानीय तहको निर्वाचनको विषयमा जानकारी गराउने विषयमा छलफल भएको बताए।

उनले मतदान स्थल बढाउन सुझाएको बताए । ‘अहिले १४ मतदान केन्द्रमा हुँदैछ,सबै जिल्ला नभए २–३ जिल्लाको एउटा मतदान केन्द्र बनाउन सुझाव दिएका छौं’ उनले भने ।

Leave a Reply

Latest Posts

spot_img

अहिले