Tuesday, January 18, 2022

नेपालमा एकै दिन थप ५ हजार ८७ जनामा कोरोना संक्रमण

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६१३ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १३ हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार २०४ जना र ७ हजार ८६ जनाको एन्टीजेन परीक्षण गर्दा ८ सय ८३ जना गरी जम्मा ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ३०६ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ८ लाख १५ जहार ६५३ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Latest Posts

spot_img

अहिले