Tuesday, January 18, 2022

प्रचण्डलाई मिडिया अवार्डको प्रमुख अतिथि नबनाएको कुण्ठा महासचिव पुरीले महासंघ बैठकमा पोखे !

काठमाडौं – मिडिया अवार्ड बितरणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डलाई प्रमुख अतिथि नबनाएको भन्दै प्रेस सेन्टरसम्वद्ध सदस्यहरु नेपाल पत्रकार महासंघको बैठक छोडेर बाहिरिएका छन्।

कपिलवस्तुको तिलौराकोटमा आज बिहानबाट सुरु भएको बैठकबाट प्रेस सेन्टर सम्बद्ध केही सदस्यहरु बाहिरिएका हुन्। मिडिया अवार्ड बितरण कार्यक्रममा महासंघका अध्यक्ष बिपुल पोखरेल आफू मात्रै सहभागी भएकोले त्यसको प्रतिशोधमा महासचिव रोशन पुरीको योजनामा प्रेस सेन्टर सम्बद्ध सदस्यहरु बैठक छोडेर बाहिरिएको प्रेस युनियन पक्षले आरोप लगाएको छ ।

महासचिव पुरीले बैठक संचालन गरिरहँदा सेन्टर निकट सदस्यहरु बाहिरिँदा पनि कुनै रुलिङ नगरी उनीहरुप्रति सद्भाव देखाएको एक केन्द्रीय सदस्यले बताए। बैठकको प्रक्रिया सुरु नहुदै महासचिवको योजनामा सेन्टर निकट सदस्यहरु बोलेर बाहिरिएका थिए।

महासचिवले बहिस्कारका नाममा बैठकपुर्व नै सेन्दर निकट सदस्यहरुलाई बाहिर पठाएर महासंघले गठन गर्न लागेको विभिन्न विभागहरुमा बार्गेनिङ गर्ने रणतीति बनाएको बुझिएको छ। असन्तुष्टिका कुराहरु बैठकमै राख्नुको साटो बैठक सुरु नहुदै बाहिर निस्किनु अमर्यादित काम भएको लेखा समिति सदस्य मुकुन्द भन्डारीले बैठकमै बताएका थिए।

यस्तै केन्द्रीय सदस्य रमेश खतिवडाले बैठक बिधानसंम्मत चल्नुपर्ने बताएका थिए।
बैठक नियमित रुपमा संचालनका लागि पदाधिकारीहरु छलफलमा जुटेका छन्।

Leave a Reply

Latest Posts

spot_img

अहिले