Tuesday, January 18, 2022

मिडिया अवार्ड विवाद महासंघ बैठकमा छचल्कियो

काठमाडौं – कपिलवस्तुको तिलौराकोटमा आज देखि सुरु भएको नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठक केही केन्द्रीय सदस्यले बहिस्कार गरेका छन्।

केन्द्रीय समिति बैठक सुरु गर्दा गर्दै मिडिया अवार्ड र दामन बैठकको निर्णयको कार्यान्वयनको कुरा उठाउँदै प्रेस सेन्टर निकट केन्द्रीय सदस्य बैठकबाट बाहिरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

उनीहरूले मिडिया अवार्डको सन्दर्भमा अध्यक्ष विपुल पोखरेलको स्पष्ट धारणा माग गरेकाछन् । केन्द्रीय सदस्यहरु बैठक कक्षबाट बाहिरिएपछि महासंघको केन्द्रीय समिति बैठक औपचारिक रुपमा सुरु हुन नसकेको र पदाधिकारी बैठकले समस्या समाधान गरेर केही क्षणमै बैठक सुरु हुने उनले जानकारी दिए।

महासंघको केन्द्रीय समिति बैठकमा महासचिव रोशन पुरीले अध्यक्ष पोखरेललाई बैठकको अध्यक्षता गरिदिन आग्रह गर्नासाथ केन्द्रीय सदस्यहरुले मिडिया अवार्डको प्रसंग उठाउँदै उठेका थिए । उक्त समयमा महासचिव पुरीले बस्न आग्रह नगरेकोले पुरीको असन्तुष्टि पनि देखिएको उनको भनाई छ ।

Leave a Reply

Latest Posts

spot_img

अहिले