Tuesday, January 18, 2022

आकासिँदो मूल्यवृद्धि, समग्र मूल्य ७.११ प्रतिशतले माथि चढ्यो

काठमाडौं–चालु अर्थिक वर्षको मंसिर महिना सम्ममा मुल्यवृद्धि ७.११ प्रतिशतमा पुगेको छ । राष्ट्रबैंकको पछिल्लो तथ्यांकले यस्तो देखाएको अघिल्लो वर्षको सोही महिनामा मूल्यवृद्धि २.९३ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ५.६७ प्रतिशत र गैर–खाद्य तथासेवा समूहको मूल्यवृद्धि ८.२५ प्रतिशत रहेको छ ।

गत वर्षको तुलनामा यो अवधिमा घ्यू तथातेल, यातायात, दाल तथा गेडागुडी, शिक्षा र सुर्तीजन्य वस्तु उपसमूहको मूल्यवृद्धि क्रमशः २८.५२ प्रतिशत, १६.२५ प्रतिशत, ११.७९ प्रतिशत, ११.७८प्रतिशत र ११.७४ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ५.९१ प्रतिशत, तराईमा ७.५२ प्रतिशत, पहाडमा ६.९५ प्रतिशत र हिमालमा
४.९१ प्रतिशत मूल्यवृद्धि रहेको छ । २०७७ मंसिरमा यी क्षेत्रहरुमा क्रमशः ३.७१ प्रतिशत, २.३५ प्रतिशत, ३.९५
प्रतिशत र ४.२२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

Leave a Reply

Latest Posts

spot_img

अहिले