Tuesday, January 18, 2022

दृष्टिविहीनले स्पर्श गरेर पत्ता लगाउने दुई रुपैयाको सिक्का


काठमाडौं– आज (शुक्रबार) देखि नेपाल राष्ट्र बैंकले दुई रुपैयाँको नयाँ सिक्का चलनचल्तीमा ल्याएको छ । मुलुक संघीयतामा गएपछि पहिलो पटक सिक्कामा सातै प्रदेश खुल्ने गरि सिक्का जारी भएको हो।

साबिककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको दुई रुपैयाँका सिक्का चलनचल्तीमा ल्याइएको हो ।

सिक्काको बिच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ भने नक्साको ठिक माथिपट्टि दायाँतर्फ दृष्टिविहीनहरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुई वटा थोप्ला रहेको छ ।

सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि चौसट्ठी वटा थोप्ला रहेका छन् । माथिल्लो भागमा अङ्ग्रेजीमा र तल्लो भागमा देवनागरी लिपिमा दुई रुपैयाँ लेखिएको छ ।

त्यसैगरी सिक्काको पृष्ठ भागमा आठ थोप्लासहितको वृत्ताकार चित्र रही त्यसको भित्र वर्गाकार आकृतिको बाहिरीपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, शङ्ख, पद्म र गदाको आकृति रहेको छ ।

Leave a Reply

Latest Posts

spot_img

अहिले