Tuesday, January 18, 2022

दलसँग निर्वाचन आयोगले छलफल गर्दै

काठमाडौं– राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचन बारेमा छलफल गर्न निर्वाचन आयोगले आज (शुक्रबार) बिहान ११ बजे बैठक बोलाएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्वमा गर्ने दलका प्रतिनिधिहरूलाई निम्त्याइएको र बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा छलफल गरिने बताए।

माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि चुनाव हुँदैछ। आयोगले आगामी वैशाखमा हुने स्थानीय तह चुनावको पनि तयारी सुरू गरेको छ।

Leave a Reply

Latest Posts

spot_img

अहिले