Tuesday, January 18, 2022

मैले पहिलो चरणको निर्वाचनको म्यान्डेडलाई मान्दा धेरैको टाउको दुख्यो : नेता सिंह


काठमाडौं–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनको पहिलो चरणको निर्वाचनको म्यान्डेड अनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई सभापतिमा सघाएको बताएकाछन्।

कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ भक्तपुरले बिहीबार आयोजना गरेको झण्डोत्तलन कार्यक्रममा सम्बोधन गर्दै उनले पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई सभापतिमा सघाएको बताएका हुन्।

नेता सिंहले केन्द्रीय नेतृत्व परिवर्तन र पार्टी विधिसम्मत संस्थागत हुनुपर्ने एजेन्डा बोकेर महाधिवेशनमा मत मागेको स्मरण गर्दै मतदाताले आफूले अघि सारेका एजेन्डाअनुसार मत नदिएको गुनासो गरे।

‘दुईटा एजेन्डा बोकेर म यस पटक उठेको हुँ। एउटा केन्द्रीय नेतृत्व परिवर्तन हुनुपर्छ। दोस्रो पार्टी विधिसम्मत संस्थागत हुनुपर्यो । त्यो एजेन्डामा भोट मागेको हुँ,’ सिंहले भने, ‘फस्र्ट राउन्डको म्यान्डेडले मैले परिवर्तन गर्नुपर्छ भनेकै नेतृत्वको पक्षमा देखियो। डेमोक्रेटिक पार्टीमा डमोक्रेटिक एक्सरसाइजमा सहभागी भइसकेपछि म्यान्डेड त मान्नुपर्यो नि।’

उनले पहिलो चरणको निर्वाचनको म्यान्डेड मान्दा धेरैको टाउको दुखेको पनि टिप्पणी गरे। ‘मैले त्यो म्यान्डेड मान्यो भनेर कपाल दुखाई छ यहाँ,’ नेता सिंहले भने।

Leave a Reply

Latest Posts

spot_img

अहिले