Tuesday, January 18, 2022

नेपाल बंगलादेश बैंकको शेयर तत्काल कसैलाई पनि बिक्रि नगर्न आदेश

काठमाडौं – आई.एफ.आई.सि.बैकको नाममा रहेको नेपाल बंगलादेश बैंकको शेयर तत्काल कसैलाई पनि बिक्रि नगर्न काठमाडौं जिल्ला अदालतल आदेश दिएको छ । जिल्ला अदालतका न्यायधीश रामचन्द्र पौडेलको एकल इजलाशले यस्तो आदेश जारी गरेको हो ।

सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले नेपाल बंगलादेश बैकको प्रमुख संस्थापक शेयरधनी आई.एफ.आई.सि.बैक र नेपाल बंगलादेश बैंकलाई विपक्षी बनाएर काठमाडौँ जिल्ला अदालतमा पुस २६ गते मुद्दा दायर गरेका थिए ।

आफ्नो स्वामित्वमा रहेको नेपाल बंगलादेश बैंकको शेयर बिक्रि गर्नको आई.एफ.आई.सि.बैकले आफुसँग सम्झौता गरेको तर सम्झौता विपरित अहिले शेयर अरु नै पक्षलाई बिक्रि गर्न लागेको भन्दै दुगडले मुद्दा दायर गरेका थिए ।

बैंकको सम्पूर्ण सेयर १५७ रुपैयाँ प्रति कित्ताका दरमा खरिद गर्ने गरी सम्झौता भएको र सो सम्झौता बिपरित अहिले आई.एफ.आई.सि बैंकले अर्कै समुहलाई शेयर बिक्रि लागेको भन्दै दुगडले मुद्दा दायर गरेका थिए ।

सोहि मुद्दामा न्यायधीश पौडेलको एकल इजलाशले विपक्षीबाट लिखित जवाफ प्राप्त नभएसम्म सो शेयर अन्य व्यक्तिलाई बिक्री गर्ने कार्य नगर्नु नगराउनु भनी विपक्षीहरुका नाउँमा आदेश जारी गरिदिएको हो । उजरी निवेदन बमोजिम आदेश किन जारी हुनु नपर्ने हो ७ दिन भित्र लिखीत जवाफ पेश गर्न पनि आदेश दिएको छ ।

आई.एफ.आई.सि.बैकले आफ्नो नाममा रहेको नेपाल बंगलादेश बैंकको शेयर विनोद चौधरीको समुहलाई बेच्न लागेपछि दुगड अदालत गएका थिए । दुगडले उच्च अदालतमा पाटनमा यहि मुद्दा दायर गरेका थिए । उच्च अदालत पाटनले समेत कारण देखाउ आदेश जारी गर्दै दुवै पक्ष लाई छलफलमा बोलाएको छ ।

Leave a Reply

Latest Posts

spot_img

अहिले