Tuesday, January 18, 2022

“खुल्ला हाफ म्याराथन प्रतियोगिता–२०७८“ मा नेपाली सेनाका खेलाडीहरु विजयी

काठमाडौं– आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य अनुरुप शनिबार सिन्धुपाल्चोक जिल्ला, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ मा संचालन भएको “खुल्ला हाफ म्याराथन प्रतियोगिता–२०७८” मा नेपाली सेना त्रिभुवन आर्मी क्लबका एथ्लेटिक्स् खेलाडीहरुले स्वर्ण पदक–२, रजत पदक–१ र कास्य पदक–१ गरी जम्मा ४ पदकहरु प्राप्त गरेकाछन्।
चौतारा साँगाचोकगढी नगर खेलकुद विकास समितिको आयोजनामा भएको उक्त प्रतियोगितामा महिलातर्फ नेपाली सेनाकी विश्वरुपा बुढा प्रथम भएका थिए भने पुरुषतर्फ नेपाली सेनाका गजेन्द्र राई प्रथम भए। त्यसैगरी नेपाली सेनाका श्रीकाश राई र नवराज साउद पुरुषतर्फ क्रमशः द्वितिय र तृतिय स्थान हासिल गरेका थिए।

Leave a Reply

Latest Posts

spot_img

अहिले