Tuesday, January 18, 2022

प्रचण्डलाई कोरोना संक्रमण

काठमाडौं-पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएको छ।

स्वास्थ्यमा केहि असहजता देखिएकोले हिजो बेलुकी परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

उनले अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहएको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

सचिवालयले यो बीचमा उनको सम्पर्कमा रहेका सबैले सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ। सचिवालयले डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पुर्ण कार्यक्रमहरु स्थगित गरिएको जनाएको छ।

Leave a Reply

Latest Posts

spot_img

अहिले