Tuesday, January 18, 2022

काभ्रे एमाले अधिवेशनको भव्य तयारी, बाँस्कोटाले व्याञ्जुलाई बोक्ने सम्भावना

काभ्रे – शुक्रबार तय गरिएको नेकपा एमाले जिल्ला काभ्रे जिल्ला अधिवेशनको तयारी पूरा भएको आयोजक कमिटीले जनाएको छ ।

धुलिखेलको खेल मैदानमा हजारौं कार्यकर्ता समर्थक उतारेर एमालेको १० औ जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न गर्ने लक्ष्य लिएको आयोजक कमिटीले बताएको छ ।

कार्यक्रमको तयारी स्वरूप काभ्रे जिल्लाको सिमाना साँगा देखी जनागाल , पुल बजार , धुलिखेल सम्ममा स्वागत गेटहरू तयार गरेको छ ।

बिहीबार संयोजक राकेश लामाको नेतृत्वमा साँगा देखी धुलिखेल सम्म मोटरसाइकल र्‍याली आयोजना गरिएको छ ।

घर घरमा निमन्त्रणा कार्ड बाँडेर व्यापक प्रचार प्रसार गरिएको अधिवेशनमा आफ्नो २२ हजार कार्यकर्ता सहित ३० हजार जन सहभागिता जुटाउने लक्ष्य आयोजक कमिटीले लिएको छ ।

मोटर साइकल र्‍याली पछि धुलिखेल खेल मैदानमा स्वयंसेवक परिचालनको नाम दर्ता गराउने कार्यक्रम रहेको छ ।

अधिवेशनमा पार्टी अध्यक्ष के.पी. शर्मा ओलीको आउने भएकोले तयारीमा विशेष चहल पहल देखिएको हो । नयाँ नेतत्वका लागि पाँच उमेद्वार चर्चामा छन्।

अशोक व्याञ्जु, चन्द्र लामा, कञ्चन अधिकारी, भीम न्यौपाने र नारायण पाण्डे मध्येबाट एक जना अध्यक्ष बन्ने सम्भावना छ ।

एमाले नेता गोकुल बास्कोटाले गृह जिल्ला भएको र उनले अगाडि सरेका उमेदवारले नेतृत्व सम्हाल्ने सम्भावना छ । बाँस्कोटाले अशोक व्याञ्जुलाई अगाडी सार्ने प्रबल सम्भावना छ ।

पदाधिकारीहरूमा सर्वसम्मत नेतत्व आउने देखिए पनि सदस्यहरूमा भने प्रतिस्पर्धा चुनाव हुने सम्भावना छ ।

Leave a Reply

Latest Posts

spot_img

अहिले