Tuesday, January 18, 2022

हुम्ला माओवादीलाई धक्का, पूर्व सांसद सहितका नेता एमालेमा

काठमाडौं– पूर्व सांसद छिमी दोर्ची लामा एमालेमा प्रवेश गरेकाछन्। उनको नेतृत्वमा हुम्ला जिल्लाका माओवादी केन्द्रका नेता एमाले प्रवेश गरेका हुन्।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कमिटीका पूर्वसदस्य तथा २०६४ सालको संविधानसभामा हुम्लाबाट प्रतिनिधित्व गर्ने सभासद् छिमी दोर्ची लामाको नेतृत्वमा जिल्लाका महत्वपूर्ण नेताहरू नेकपा (एमाले) मा प्रवेश गरेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बुधबार बालकोटमा लामा लगायतका नेतालाइ अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन । प्रवेश गर्नेमा माओवादीका कर्णाली प्रदेश कमिटीका छ जना सदस्य, जिल्ला कमिटीका ३७ जना सदस्य, जनसंगठनका ४ जना केन्द्रीय सदस्यलगायत रहेका छन् ।

नेकपा (एमाले) रोजेर समयमै सही निर्णय गरेको नवप्रवेशी नेताहरूलाई धन्यवाद दिंदै अध्यक्ष ओलीले भने, ‘प्रचण्ड समूह कम्युनिस्ट आन्दोलन समाप्त पार्न कसम खाएर लागेको छ । हेर्दै जानुहोला– त्यसको हालत कुनै बेलाको पेरूको साइनिङ पाथको जस्तो हुनेछ ।’

Leave a Reply

Latest Posts

spot_img

अहिले