Tuesday, January 18, 2022

१६ जिल्लाको काँग्रेस जिल्ला अधिवेशन सरेको सर्यै

काठमाडौं – नेपाली कांग्रेसले १६ जिल्लामा आगामी पुस २७ का लागि तय गरेको भनिएको जिल्ला अधिवेशन फेरि सारेको छ।

माघ १२ मा हुने राष्ट्रिय सभाको निर्वाचनका कारण अधिवेशन सार्नु परेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गरी जानकारी दिएको छ । 

यसअघि उक्त निर्वाचन यही पुस २७ गते हुने कार्यतालिका रहेको थियो । अब उक्त निर्वाचन माघ १५ गतेका लागि तोकिएको छ । कांग्रेसको १४ औं महाधिवेशन सकिएको भए पनि १६ जिल्लाको जिल्ला अधिवेशन बाँकी छ । 

पटक पटकको विवादका बीच अझै १६ जिल्लाको जिल्ला अधिवेशन हुन सकेको छैन । जसमा प्रदेश २ का सबै जिल्ला रहेका छन् । त्यस्तै चितवन, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, बाँके, कैलाली, अछाम र नवलपुरको जिल्ला कार्यसमितिको निर्वाचन हुन सकेको छैन । 

Leave a Reply

Latest Posts

spot_img

अहिले