Tuesday, January 18, 2022

२ वर्षको बच्चाले दिनमै ४० चुरोट खाने लत

काठमाडौ–धुम्रपान वयस्कका लागि त हानिकारक छ, त्यसमाथि बच्चाका लागि त झनै हानिकारक हुने कुरामा कुनै शंका रहेन । सामान्यतया बच्चाले चुरोट खाने कुराको कुरा कल्पना समेत गर्न सकिन्न ।

तर २ बर्षको उमेरमै ४० ओटासम्म चुरोटको सेवन गरेको सन्दर्भ सुन्दा तपाइलाई कस्तो लाग्छ ? इण्डोनेसियाको सुमात्राका अर्ली रिजलले दैनिक ४० चुरोट सेवन गर्थे। सन् २०१० मा उनले चुरोट खाएको भिडियो भाइरल समेत भएको थियो ।

उनको त्यो सिलसिला ७ वर्षसम्म रह्यो, अहिले चुरोटको सेवन छाडेकाछन् । जब उनी १८ महिनका थिए उनका बाबुले मजाक मजाकमा चुरोट खान सिकाए । उनलाई यति लत बस्यो की उनलाई चरोट बिना भुलाउन नसकिने अवस्था आयो ।

उनको यो लत छाड्नको लागि उनले सरकारकै सहयोग लिनुपर्यो । उनले चुरोट मात्रै होइन अरु जंकफुड पनि अत्याधिक खाने गर्थे। जसको कारण ५ वर्षकै उमेरमा उनको तौल २२ किलो पुगेको थियो।

चुरोट र जंकफुड छाडेपछि उनी स्लिम बनेकाछन्।

Leave a Reply

Latest Posts

spot_img

अहिले