Tuesday, January 18, 2022

हिउँको वर्षा (फोटो फिचर)

काठमाडौं–केही दिन देखि बढेको चिसोको कारण मुलुकका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ। हिमपातसँगै अधिकांश स्थानमा हल्का तथा मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभिन्न स्थानमा परेको हिमपात तस्विरमा :

डोटीको जिल्ला सदरमुकाम सिलगढीसँगै जोडिएको झिग्रानामा भएको हिमपत । हिमपातका कारण चिसो बढेपछि यहाँका सर्वसाधारणलाई कष्टकर बनेको छ । तस्वीर -विमलबहादुर विष्ट÷ रासस

मनाङ जिल्लाको सबै गाउँपालिकामा भारी हिमपात । हिमपात कारण सवारी आवगमन ठप्प भएको छ भने तापक्रम माईनस बीस पुगेपछि जनजीवनमा झनझन कष्टकर हुँदै गएको छ । तस्वीर : नवीन लामिछाने÷रासस

हुम्लामा भारी हिमपात हुँदा पनि साढे एक घण्टाको बाटो डाँडाफाया गाउँबाट हिँडेर सदरमुकाम सिमकोटमा दाउरा बिक्री गर्न पुगेका बालक । तस्वीर : दाने बोहरा÷रासस

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– स्थित पर्यटकीयस्थल तल्लो घोडेपानीमा बुधबार बिहान भएको हिमपात । हिमपात र चिसोले म्याग्दीको लेकाली बस्तीको जनजीवन कष्टकर बनेको छ । तस्वीर : सन्तोष गौतम÷रासस

रातभर परेको अविरल वर्षासँगै राजधानीको प्रमुख पर्यटकीयस्थल चन्›गिरि डाँडामा हिमपात । चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिमपात भएको हो । तस्वीर :अच्युत रेग्मी/ रासस

हिमाली जिल्ला हुम्लामा बुधबार भारी हिमपात । हिमपातले यहाँको जनजीवन प्रभावित भएको । तस्वीर : दाने बोहरा÷रासस

Leave a Reply

Latest Posts

spot_img

अहिले