Tuesday, January 18, 2022

नवज्योती साकोसको १२ औँ साधारण सभा

पाल्पा–नवज्योती वचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर नगरपालिका ८ पाल्पाको १२ औँ वार्षिक साधारण सभा सकिएको छ । संस्थाका अध्यक्ष योगराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य पाहुना रामपुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष बोमबहादुर नामजाली रहेका थिए ।

कार्यक्रममा मुख्य पाहुना वडा अध्यक्ष नामजाली, वडा सदस्य गिता क्षेत्री, लेखा समिति संयोजक एकराज अर्याल, ऋण समिति संयोजक नारदप्रसाद अर्याल, शिक्षा समिति संयोजक चन्द्रबहादुर थापा, प्रकाश अधिकारी, कोषाध्यक्ष लक्ष्मी न्यौपाने लगायतले बोल्दै कार्यक्रम सफलताको शुभकामना दिए।

कार्यक्रमका अवसरमा उत्कृष्ट सेयर सदस्यहरु सावित्रा न्यौपाने, सीताकुमारी शाही, गम्बर सिं रामजाली, भिमबहादुर नामजालीलाई सम्मान गरिएको छ । संस्थाको शेयर पुँजी ३२ लाख ८५ हजार ५ सय रहेको छ भने कुल रकम १ करोड ७६ लाख ९० हजार ६७१ रहेको सहकारीले जनाएको छ ।

संस्थामा ३४२ जना सेयर सदस्य आबद्ध छन् । कार्यक्रममा मुख्य पाहुना र बिशिष्ट अतिथिलाई मायाको चिनो प्रदान गरिएको छ । अध्यक्ष योगराज अर्यालले वार्षिक प्रतिवेदन र व्यवस्थापक यमबहादुर परियारले आगामी वर्षको नीति तथा कार्यक्रमबारे जानकारी गराएका थिए । संस्थाका पूर्व अध्यक्ष सूर्यप्रसाद अर्यालको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सचिव भुवन अर्यालले गरेका थिए ।

Leave a Reply

Latest Posts

spot_img

अहिले