Tuesday, January 18, 2022

रामपुरमा गाउँस्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता हुदै

पाल्पा–मुनस्टार युवाक्लब रामपुर नगरपालिका ६ माझटोल पाल्पाको आयोजनामा आउँदो पुस १६ गतेदेखि खुल्ला भलिबल प्रतियोगिता कार्यक्रम हुने भएको छ ।

गाउँस्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता कार्यक्रमका सन्दर्भमा मंगलबार पत्रकार भेटघाट कार्यक्रम भएको छ ।

खेल संयोजक राजन आलेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले वडा कार्यालयमा खेलमा चासो दिएर आउनेलाई केही न केही सामग्री दिएर पठाउने गरेको बताए ।

पत्रकार भेटघाटमा नेपाल पत्रकार महासंघका जिल्ला सदस्य दुर्गेश मल्ल, पत्रकार बन्दना पोखरेलले बोल्दै आफ्नो गाउँ ठाउँ चिनाउन पनि क्लबले महत्वपूर्ण भुमिका खेल्ने बताउँदै कार्यक्रम सफलताको कामना गरे । प्रचार प्रसार संयोजक देवराज पंगेनीले कार्यक्रमबारे जानकारी दिएकाृ कार्यक्रममा सहभागीलाई धन्यवाद क्लबका सल्लाहकार बासुदेव ढकालले दिए । कार्यक्रम संचालन क्लबका सदस्य सुदिप गैरेले गरेका थिए ।

प्रतीयोगीतामा पुरुषतर्फ प्रथम, द्धित्तिय र तृतीय पुरस्कार क्रमश नगद ः ३० हजार, २० हजार र १० हजार रहेको छ भने महिलातर्फ प्रथम र द्धितीय पुरस्कार क्रमशः १० हजार र ५ हजार रहेको छ । खेल रामपुर ६ माझटोल खेलमैदानमा हुनेछ ।

Leave a Reply

Latest Posts

spot_img

अहिले