Tuesday, January 18, 2022

मिस युनिभर्स–२०२१ को ताज भारतकी हरनाज सन्धुले पहिरिन

काठमाडौं – भारतले २१ वर्षपछि फेरि मिस युनिभर्सको उपाधि जितेको छ । मिस युनिभर्स–२०२१ को उपाधि भारतकी सुन्दरी हरनाज कौर सन्धुले जितेकी छन् । सन्धुले ७० जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस युनिभर्स–२०२१ को ताज जितेकी हुन् ।

सोमबार इजरायलको इएलाटमा आयोजित ७०औं मिस युनिभर्स प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका सुन्दरीलाई पछि पार्दै भारतकी सुन्दरी हरनाज कौर सन्धुले मिस युनिभर्सको ताज पहिरिन सफल भएकी हुन् ।

सन्धु भारतको पञ्जाबस्थित चण्डीगढकी बासिन्दा हुन् । २१ वर्षीया सन्धु मिस युनिभर्स बन्ने तेस्रो भारतीय सुन्दरी हुन् । यसअघि सन् १९९४ मा सुस्मिता सेन र २००० मा लारा दत्ताले उक्त उपाधि जितेका थिए ।

मिस युनिभर्समा भाग लिनु पहिला सन्धुे फिल्म क्षेत्रमा समेत काम गरेकी छन् । उनी अभिनित पञ्जाबी फिल्म ‘भाइ जी कुटाङ्गे’ र ‘यारा गियान पू बरम’ आगामी वर्ष रिलिज हुँदैछन् ।

Leave a Reply

Latest Posts

spot_img

अहिले