Tuesday, January 18, 2022

लैंगिक हिंसा विरुद्ध आसमानले गर्यो जनचेतनामुलक कार्यक्रम

जनकपुर– महिला हिंसा विरुद्धको अन्तराष्ट्रिय दिवसको सन्दर्भ पारेर आसमान नेपालले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत नगराइन् नगरपालिकाका विभिन्न स्थानमा संदेश मुलक नारा, गीत, नाटक, नृत्य गरि आसमानले अभियान सम्पन्न गरेको हो ।

बाल हिंसा, महिला हिंसा, बालश्रम, बालविवाह अन्त्य गर्न सन्देश मुलक र जनचेतना कार्यक्रम गरिएको संस्थाकी सामाजिक परिचालक सुस्मिता ठाकुरले जानकारी दिइन् ।

Leave a Reply

Latest Posts

spot_img

अहिले