Tuesday, January 18, 2022

जनसम्पर्क समिति जापानमा असन्तुष्टि, लाखौं रकम असुलेर महाधिवेशन प्रतिनिधि बनाएको आरोप

काठमाडौं– नेपाली काग्रेसको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समिति जापान कार्यसमितिका अधिकांश पदाधिकारी र केन्द्रीय सदस्यले १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि छनौटको प्रकृया प्रति असन्तुष्टि जनाएका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरूले छनौट प्रकृया प्रति भत्सर्ना गरेकाछन् । ‘७ औ अधिवेशनको नाममा २४ घण्टा अगाडि मात्र सुचना सार्वजनिक गरेर गत डिसेम्बर ५ मा भर्चुअल माध्यमबाट गर्ने र गराउने जानकारी केन्द्रीय कार्यसमितिको समेत बैठक नबसी केहि कार्यसमिति पदाधिकारी र सदस्यहरूको मिलेमतोमा जुन किसिमको प्रपञ्च रचियो यसको जतिनै भत्सर्ना र निन्दा गरेपनि अपुग नै हुन्छ’ विज्ञप्तिमा भनिएको छ।

उनीहरूले क्रियाशिल सदस्यता भरेका तर आफ्नो क्रियाशिल सदस्यताको समेत शुल्क तिर्न बाट सदस्य साथीहरु लाई बन्चित गराई , केही नव धनाढ्य , विचौलियाहरूसँग ४÷५ लाखका दरले पैसा तिर्नेहरू लाई महाधिवेशन प्रतिनिधिको रुपमा छनौट गरिएको आरोप लगाएकाछन्।

‘जसले पैसा तिर्छ उहि महाधिवेशन प्रतिनिधि छनोट गरिएको विषय सामाजिक सन्जालबाट देख्दा हामी आफुले आफैलाई लज्जित तुल्याउँदै नेपाली जनसम्पर्क समिति जापानको नाममा गरिएको गलत कार्य र हाबी हुँदै गएको गलत प्रवृतीको घोर भत्सर्ना र निन्दा व्यक्त गर्दछौ’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो निन्दनीय कार्यको हामी घोर भत्सर्ना गर्दै यस्ता गलत प्रवृतीबाट आएकाहरुलाई तत्काल रोक्न, गलत कार्य सच्याउन र आम क्रियाशील सदस्यहरूसँग क्षमायाचन गर्दै यस्ता गलत कार्यहरुबाट गरिएको कथित अधिवेशन र महाधिवेशन प्रतिनिधि घोषणा गरिएककाहरुलाई तत्काल रोक्न हार्दिक अपिल गर्दछौ ।’

यसरी विज्ञप्ति जारी गर्नेहरूमा समितिका उपसभापतिद्वय सुजन जोशी, बद्रि पौडेल, कोषाध्यक्ष सावित्री तामाङ्ग, सहकोषाध्यक्ष दिपक मगर, प्रवक्तन सुरेश गिरि, पूर्व केन्द्रिय सह महामन्त्री ईश्वर जोशी, पूर्व केन्द्रिय सदस्य टासी वाङदी लामा, श्याम लामा,केन्द्रिय सदस्य लिल गुरुङ, किरन थापा मगर,सुशील पौडेल, लक्ष्मण वानिया,योगेस कार्की, कृपन दाहाल र अरुण खड्का, नागोयाका क्षेत्रिय सभापति कुशलराज धिताल, क्षेत्रीय सभापति क्युस डिका कार्की, हिरोसिमाका क्षेत्रिय उपसभापती रबिन्द्र बराल र कान्तोका क्षेत्रिय सदस्यसम्मु के.सी लगायत छन्।

Leave a Reply

Latest Posts

spot_img

अहिले