Tuesday, January 18, 2022

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज पक्राउ

काठमाण्डौं-बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई मुम्बई एयरपोर्टमा रोकिएको छ । जानकारीका अनुसार ईडीको लुकआउट सर्कुलरका कारण अभिनेत्रीलाई पक्राउ गरिएकाे छ ।

ज्याकलिन एक कार्यक्रमका लागि विदेश जाँदै थिइन् । ज्याकलिन विरुद्ध मनी लान्ड्रिङ मुद्दामा ईडीले अनुसन्धान गरिरहेको छ। सुकेश चन्द्रशेखर र अन्य विरुद्ध भारु दुई सय करोडको मनी लान्ड्रिंग मुद्दामा चार्जशीट दायर गरेको छ। केन्द्रीय एजेन्सीले सुकेश र अभिनेत्री ज्याकलिन फर्नान्डेजबीच आर्थिक लेनदेनको प्रमाण फेला पारेको थियो।

प्रवर्तन निर्देशनालयले सुकेश चन्द्रशेखर, उनकी पत्नी लीना मारिया पल र अन्य ६ जनाविरुद्ध २०० करोड रुपैयाँको मनी लान्ड्रिङ मुद्दामा ७ हजार पृष्ठको आरोपपत्र दायर गरेको छ।

रिपोर्टका अनुसार आरोपपत्रमा चन्द्रशेखरले सोधपुछका क्रममा ज्याकलिनलाई ५२ लाखको घोडा र एउटा बिरालोको नौ लाख पर्ने चार पर्शियन बिरालो उपहार दिएको खुलासा गरेका थिए । (एजेन्सी)

Leave a Reply

Latest Posts

spot_img

अहिले