Tuesday, January 18, 2022

सडकको आवाज सुनाउँदै शिल्पीका कलाकार

काभ्रे– शिल्पी थिएटरको शिल्पी नाट्य यात्रा २०७८ अन्र्तगत उपत्यकामा सडक नाटक प्रस्तुतिको क्रममा साँगा बजारको भीमसेन स्थानमा साँस्कतिक कार्यक्रमका साथै निर्देशक घिमिरे युवराजको नाटक “ठुलो माछा, सानो माछा“ प्रस्तुत गरिएको छ।

नाटक बुधबार साँगा सांस्कृतिक समूहको समन्वयमा प्रस्तुत गरिएको थियो ।

गाउँबाट उठ , बस्ती बस्ती बाट उठ , यो देशको मुहार फेर्नलाई उठ ! शासकहरूको विरुद्धमा रामेशले गाएको गीतको साथमा जनआन्दोलनको लहर फैलिएको सन्दर्भ नाटकमा देखाइएको थियो।

अहिले जनताहरू उठेर मात्र हुँदैन जनताहरू चेतनशील हुनुपर्छ नाटकको सन्देश थियो । बस्ती बस्तीमा पुगेर जनतालाई सचेत बनाउने अभियानमा लागेको नाटकमा सन्देश दिइएको थियो । नागरिकले राणाकालमा नेपाली रैती भएर जिएको, राजाको पालामा प्रजा भएको र बहुदल आए पछि जनता भएको महसुस गरेको नाटकमा बताइएको थियो । अब लोकतन्त्र गणतन्त्रमा हामी जिम्मेवार नागरिक भएर जिउनु पर्दछ भन्ने सन्देश प्रवाह गर्न खोजिएको थियो ।

हामीले सचेत नागरिक पहिचान लागि राज्यले गरेको ज्यादती जतासुकै सडक बिस्तारको विरुद्धमा, सिधासादा जनताहरूले सरकारी कार्यालयका कर्मचारीबाट भोग्नु परेको समस्याहरू देखि नेताहरूको मनोमानीको विषयमा हृदयस्पर्शी नाटक प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Latest Posts

spot_img

अहिले