Tuesday, January 18, 2022

माक्र्सवादी अध्येता ऋषिराम भुसालले घनश्यामलाई संझिदै भने, ‘बधाई छ, बाबु । मैले गर्वको अनुभूति गरेको छु’

काठमाडौं– माक्र्सवादी अध्यता ऋषिराम भुसालले एमाले नेता घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मत अभियानलाई चुनौती दिएकोमा सच्चा माक्र्सवादी भएको बताएका छन्।

उनले आफूले माक्र्सवाद सिकाएको नेताले लिएको अडानले खुसी थपेको बताएका हुन् ।

‘माक्र्सवादी दृष्टिकोण अँगाल्नुअघि मेरो विचारका मुख्य आधार थिए – श्रीमद्भागवत गीताका केही श्लोकहरू । म भाइ घनश्यामलाई यदाकदा सुनाउँथेँ – (सत्यधर्ममा लाग) सुखदुःखे समे कृत्वा लाभालाभौ जयाजयौ । (गीता २÷३८)
र अहिले उसले सौराहाको मैदानबाट सार्थक ध्वनिमा मलाई सुनाइरहेछ –
सुखदुःखे समे कृत्वा लाभालाभौ जयाजयौ !! बधाई छ, बाबु । मैले गर्वको अनुभूति गरेको छु ।’ उनले भनेकाछन् ।

Leave a Reply

Latest Posts

spot_img

अहिले