Tuesday, January 18, 2022

२१ अंकले घट्यो नेप्से

काठमाडौं – आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक २१.५१ अंकले घटेर २६२९.९८ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २२८ कम्पनीका ७६ लाख १० हजार ४ सय ६८ कित्ता शेयर खरीद बिक्रिबाट ४अर्ब ८९ लाख ३७ हजार १ सय ३३ रुपैयाँको कारोबार भएको छ ।

जस मध्ये महालक्ष्मी विकास बैंकको सबै भन्दा धेरै ६१ करोड ४ लाख ७५ हजार रुपैयाँको कारोबार भएको छ भने नेशनल हाइड्रोको १५ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका सबै भन्दा बढी लाईफ,नन–लाईफ इन्स्योरेन्स र होटल समुहका सूचक घटेका छन् । होटेल समूह २.२५ प्रतिशत र बिकाश बैंक समुह १.३६ प्रतिशतले घटेको छ ।म्युचुअल फण्ड समुह ०.१२ प्रतिशतले बढेको छ भने हाइड्रो समुह ०.०१ प्रतिशतले बढेको छ ।

आज न्यादी हाइड्रोपावर लिमिटेड र सामलिंग पावर कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ । आज आइसीएफसी फाइनान्सको शेयर मूल्य सर्बाधिक १० प्रतिशतले घटेको छ भने चन्द्रागिरि हिल्स लिमिटेडको शेयर मूल्य ५.२० प्रतिशतल घटेको छ ।

Leave a Reply

Latest Posts

spot_img

अहिले