Tuesday, January 18, 2022

कोरोनाबाट थप एकको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट १ जनाको मृत्यु भएको छ । थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २३१ पीसीआर परीक्षण र २ हजार ६५७ एन्टिजेन गरी जम्मा ९ हजार ८८८ परीक्षणमा २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज देशभर गरी ६ हजार ९४४ जना सक्रिय संक्रमित रहेका छन् । भने पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २६४ रहेको छ ।

Leave a Reply

Latest Posts

spot_img

अहिले