Tuesday, January 18, 2022

स्थानीय तहले जनताका पिरमर्का बुझेको छ : अध्यक्ष कृष्ण बहादुर खुलाल

खानीखोला गाउँपालिका प्रदेश ३ अन्तरगत काभ्रे जिल्लामा अवस्थित गाउँपालिका हो । खानीखोला गाउँपालिका साविक ७ वोटा वडा (फलामेटर–१, फलामेटर–२, डाँडागाउँ–३, डाँडागाउँ–४, सल्मेचाकल–५,साल्धरा–६, मिल्चे–७) गरि पवित्र खानीखोलाको नामवाट खानीखोला गाउँपालिका घोषणा गरिएको हो।

आधुनिक नेपालको सन्दर्भमा चर्चा गर्दा काभ्रेको डाँडापरि भनेर चिनिने तराई झर्दा चाकलको नामले पहिचान बनाएको पूर्वमा महाभारत गाउँपालिका पश्चिममा महांकाल गाउँपालिका उत्तरमा वेथान गाउँपालिका र दक्षिणमा वागमती गाउँपालिकाको विच भागमा रहेको यस खानीखोला गाउँपालिका राजधानीबाट १२५ कि.मी.को दुरीमा अवस्थित एउटा शितल, शान्त, प्रदुषणरहित, हरियालीयुक्त खानीखोलाले घेरिएको वस्ती÷गाउँ भनेर चिनिन्छ ।

२०६८ को जनगणनामा १४ हजार ३९८ जनसंख्या रहेको र १३२ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएर सबै प्रकारको प्राकृतिक विविधता बोकेको यस गाउँपालिका एतिहासिक र पर्यटकीय आधारमा एउटा निकै नमुनाको रुपमा चिनिन्छ।

संघीय संरचनामा गइसकेपछि पहिलो नेतृत्वकालको नेतृत्व पालिका अध्यक्ष कृष्णा बहादुर खुलालले गर्दै आएकाछन्।

अध्यक्ष खुलालसँग जयदेशकर्मी सुसी थिङले पालिको विकास, योजना र अवस्थाका विभिन्न सन्दर्भका रहेर कुराकानी गरेकी छिन् :

स्थानीय तहको नेतृत्व गर्दाको अनुभव कस्तो रह्यो ?

लामो समय देखि स्थानीय तहमा जनप्रतिनिधि नहुँदा धेरै गाह्रो परेको थियो। जनप्रतिनिधिको रुपमा हामी आएर हामीले धेरै सुबिधा दिन सकेका छौ जस्तो लाग्छ। शिक्षा, स्वास्थ, सडक संजालको विकास भएको छ।

सिन्धुली , बनेपा, मकवानपुरबाट आउन एक दिन लाग्थे अहिले हामिले सडक संजाल पुराएर ४–५ घण्टा मै आउने जाने गर्न सकिन्छ।

सबैलाई सेवा सुविधा पुराइएको छ। ९ करोडको पालिका भवन बनाउँदैछौं । विद्यालय भवन बनेकाछन्। १३ करोडको हस्पिटल बनाउँदैछौं। वडा भवन बनेकाछन् । स्वस्थ चौकी भवन बनाइएको छ।

सडक बाहेक अन्य कुन कुन क्षेत्रलाई प्राथमिकता दिनुभएको छ ?

सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र बिजुली हो । मुख्य जुन विकास कार्यमा प्राथमिकताका साथ काम गरेका छांै। जहाँ बिजुुली वत्ति थिएन, पढ्नलाई बहिर जानु पर्ने अवस्था थियो। ति सबैको व्यवस्थापन गरेका छौं।

स्थानीय तह स्वायत्त निकाय पनि हो, यसको महसुस कति गर्नुभएको छ ?

पूर्ण रुपमा स्वतन्त्रताको अनुभव गर्न पाएको त छैन । तर केन्द्र र प्रदेशले दिएको बजेट पूर्ण रुपमा योजना र कार्यान्वयन गरेर सदुपयोग गरिरहेका छौं।

शिक्षाको उपलब्धीको अवस्था कस्तो छ?

हाम्रो पालिकामा सामुदायिक विद्यालयको संख्या ३८ वटा छन्। निजी विद्यालय छैनन्। हामीले यो वर्ष शिक्षामा १ करोड बजेट छुट्टाएका छौं। दरवन्दी थिएन, त्यसको व्यवस्थापन गरेका छौं। भौतिक संरचनामा पनि काम गरेका छौं।

स्वास्थ्य क्षेत्रमा के के गर्नुभएको छ ?

स्वास्थ चौकी ५वटा छन्। ३ वटा सामुदायिक स्वास्थ एकाइ छन् । कोभिडको लागि पनि एकाइ पनि राखिएको छ।

सामाजिक सुरक्षाको क्षेत्रमा संघीय सरकारका प्रावधान भन्दा फरक केही छन् ?

सङ्घीय सरकारले भन्दा फरक त्यस्तो केही गरेका छैनौं । सङ्घीय सरकारको योजना अनुसार काम गर्दै आएका छौं।

योजना बनाउँदा नागरिकको सहभागिताको अवस्था कस्तो छ ?

सबैलाई बोलाएर कुनै पनि योजना तर्जमा गर्दा उनीहरुको इच्छुक व्यक्ति र उनीहरूकै सहभागितामा योजना बनाउने गरिन्छ। सबै भेला भएर छलफल बाटै बजाउँछौं।

सिमान्तकृत र अल्पसंख्यकलाई समेटेर कार्यक्रम राख्नुभएको छ ?

दलित, जनजाति, महिला र अपांगता भएकालाई प्राथमिकता दिएर काम गर्दै आएका छौं।

कृषि क्षेत्रमा कस्ता कस्ता काम भएकाछन् ?

कृषि र पशु पालनमा अनुदान दिएर स्वरोजगार बनाएका छौं। पशुमा भैंसी पालन , बाख्रा पालना मा छुटाएका छौं। कृषिमा कफि खेती, बाख्रा र मत्स्य पालनलाई प्राथमिकतामा राखेका छौं।

विदेशबाट फर्किएका युवालाई प्राथमिकतामा राखेर उनीहरूको सिप तथा क्षमताका आधारमा कार्यक्रमहरू प्राथमिकिकरण गरेका छौं।

पालिकामा पर्यटनको संभावना कस्तो छ ?

पर्यटनको लागि ठाँउ धेरै छन् । यहाँ गर्मी ठाँउ पनि छ, जाडो ठाउँ पनि छ। अब यसलाई व्यवस्थापन गर्न समय लाग्छ। पर्यटनको क्षेत्रमा धेरै काम गर्दै छौं।

हिजोको स्थानीय निकाय र आजको स्थानीय तहबीच फरक के छ ?

हिजो सिमित बजेट थियो। आज आवश्यकता अनुसारको बजेट व्यवस्थापन गर्न सहज भएको छ। जसले काम गर्न छिटो गर्न सकिएको छ । विकासका काम छिटोछरितो रुपमा भएकाछन्।

स्थानीय तहका चुनैती के हुन् ?

चुनौती भन्नु पर्दा जनतामा चेतनामा केही कमी छ । त्यसलाई सुधार्न आवश्यक छ।

संघ र प्रदेशसँगको समन्वयको अवस्था कस्तो छ ?

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको सम्बन्ध भनेको नङ र मासु जस्तो हुनुपर्छ। सम्बन्ध राम्रो छ तर धेरै सुधार हुन आवश्यक छ।

पालिकाको आफ्नै आन्तरिक स्रोत के छ ?

आयस्रोत भन्नू पर्दा खासै छैन । नगरिकता ,जन्मदर्ता , मृत्युदर्ता , बिवाह दर्ता जस्ता कुराहरुबाट प्राप्त हुने राजस्व नै पालिकाको आयस्रोत हो।

स्थानीय तहको सुधारको लागि के हुनुपर्ला ?

समान बजेट विभाजन हुनुपर्छ । जहाँ गरिब छन्, त्यहा काम र जहाँ धनी छन त्यहा वजेट धेरै दिएको हुन्छ । त्यो काम रोक्नुपर्छ।

Leave a Reply

Latest Posts

spot_img

अहिले