Tuesday, January 18, 2022

कोरोना महामारीको मारमा परेको पुष्प व्यवसाय, तग्रिंने आशामा व्यवसायी

काठमाडौं– फूलको पर्व तिहार नजिकिँदै गर्दा फूलका बहस सुरु हुन्छन् । बाह्रैमास आवश्यक पर्ने फूलको माग दशैं, तिहार जस्ता पर्वमा अझै बढी माग हुन्छ ।

पुष्प व्यवसायी तथा फ्लोरकल्चर एशोसिएसन नेपालका उपाध्यक्ष सिताराम पन्त पुष्प व्यवसायको संभावना राम्रो भएपनि कोरोना महामारीमा बजारीकरणमा परेको असरले व्यवसायीले क्षति व्यहोर्नु परेको बताउँछन्।

‘९१ प्रतिशत भन्दा बढि स्वदेशी उत्पादनवाट पुर्ती गर्दै आईरहेको कृषि क्षेत्रको बहुआयमिक उदियमान उच्च मुल्यको पुष्प व्यवसायले पनि विशेष उत्पादन तथा बजारीकरण क्षेत्रमा प्रभाव पर्न गई अकल्पनिय क्षति व्यहोर्नु पर्यो’ उनले भने, ‘महामारीको अवधिमा एक अर्ब भन्दा बढि क्षती भएको छ ।’

उनका अनुसार कोरोना कहर हुनु भन्दा अघिको सामान्य अवस्थामा आ.व. ०७५÷७६ मा २ अर्व ४२ करोड भन्दा बढीको वार्षिक कारोवार रहेको थियो भने आ.ब. २०७६÷०७७ मा करिब ३ अर्ब भन्दा बढीको कारोबारको प्रक्ष्येपण गरिएकोमा चार महिना बिक्री ठप्प हुँदा २ अर्ब १५ करोडमा मात्र व्यापार सिमित भयो।
उनले भने, ‘आर्थिक वर्ष ०७७÷७८ वर्षभरी कोभिड–१९ को कहर रहेका कारण भएको निषेधाज्ञाले गर्दा व्यवसायाक कारोवारमा भने कमी आई १ अर्व ६३ करोड रुपैयाँको मात्र कारोबार भयो ।’

कृषिमा आधारित देश वातावारणीय विविधता तथा प्राकृतिक सम्पदाले भरिपूर्ण भएकोले पुष्प व्यवसायको विकास तथा प्रवर्द्धनको सम्भावना अझ बढी भएको उनको भनाई छ ।

एशोसियनका अध्यक्ष मिन बहादुर तामाङ तिहारको समयमा माग हुने साढे १५ लाख माला मध्ये १३ लाख माला आन्तरिक उत्पादनबाट परिपुर्ति हुने बताए। उनका अनुसार अपुग साढे दुई लाख माला भारतबाट आयात हुन्छ।

सयपत्रीको माला बाहिरबाट आयात गर्नुपर्ने भएपनि मखमली लगायतका ३ लाख मालाको परिपुर्ति आन्तरिक उत्पादनबाटै हुने अध्यक्ष तामाङको भनाइ छ।

केही दिन अगाडिको बेमौसमी वर्षाको कारण विभिन्न प्रदेशमा फूलमा पुराएको क्षतिका कारण मालाको मूल्य भने पोहोरको तुलनामा यसवर्ष बढ्न सक्ने उनको भनाई छ । ‘अहिले मालाको थोक मूल्य ५५ देखि ६० रुपैयाँसम्म कायम हुनसक्छ, व्यापारीले नाफा राखेर उपभोक्ताले ७० देखि ८० रुपैयाँसम्म पर्नसक्छ’ उनले भने ।

उनले नेपाली फूलको माला पर्याप्त भएपनि फूलको आयात नरोकिएको बताए। ‘अहिले पनि तिहार भन्दा अगाडि नै ट्रकका ट्रकका फूल आयात गरेर कोल्ड स्टोर भरेकाछन्’उनले भने, ‘आयात नियन्त्रणका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छौं ।’

Leave a Reply

Latest Posts

spot_img

अहिले