Tuesday, January 18, 2022

पुर्खौली पेशा धानेका पोट्री व्यवसायी भन्छन्, ‘माग केही छ, लगानीको मूल्य छैन’

काठमाडौं– आइतबार भक्तपुरको ‘पोट्री स्क्वायर’ पुग्दा मखमली प्रजापति माटोको पाला बनाउँदै थिइन्। उनको दैनिकी यो समयमा अलि बढी व्यस्तता बढेको छ। कामबाट ध्यान मोड्दै उनले भनिन्, ‘दशैं तिहारमा अलि बढी बिक्री हुन्छ अरुबेला पनि यसको बिक्री हुन्छ।’

पर्वको समयमा पाला, दियो, कलश, पाला बढी बिक्री हुन्छ, बाँकी समयमा घैंटो, गार्गी, खुत्रुके लगायतका सामाग्री बिक्री हुन्छ । पहिलेको तुलनामा हरेक सामानको बिक्री घटेको छ, यसको बिक्री घटाउने कारण भनेका सिल्भर तथा प्लास्टिका भाँडाहरू नै हुन् ।

‘पहिले गार्गी घैंटो व्यापार कम भएको छ, माटाको घैंटो, गार्गी जस्तो प्लास्टिक, सिल्भरको प्रयोगले स्वास्थ्यमा फाइदा त हुँदैन तर अहिले फिल्टर, फ्रिज आएसँगै यसको बिक्रीमा कमी आएको छ ’ उनले भनिन् ।

बिक्री कम भए पनि अझै पनि माटाका भाँडा मन पराउने पनि छन् जसले माटाका भाँडा बनाउने उनीहरूको व्यवसायलाई जेनतेन टिकाएकाछन् । उनले भनिन्, ‘कसैले माटोको, कसैले पित्तल, तामाको मन पराउँछन् तर पनि माटाको सामान मन पराउन पनि छन्।’

उनीहरूको लागि बिक्री हुने कुरा नै ठूलो छ। जति लगानी र परिश्रम छ त्यसको मूल्य पाउन सम्ने अवस्था छैन । ‘मेहनत धेरै लाग्छ, मेहनत कति लाग्छ हामीलाई मात्र थाहा छ, हाम्रो लगानी जस्तो हुन्छ, त्यसको प्रतिफल पाइन्न’ उनले भनिन्, ‘वर्षाको समयमा खान लागेको भाग छाडेर बाहिर आउनुपर्छ । अगाडिको प्ुर्खा देखि गर्दै आएको काम हो। त्यसैले निरन्तरता दिएका छौं ।’

बनाउन उस्तै दुःख छ, उस्तै समय खान्छ । पोल्नसम्म अहिले मेसिन छ । यसमा बुट्टा आफै दिने हो ? उनले बुट्टा बनाउँदै भनिन्, ‘धेरै सुके पछि यसमा बुट्टा बस्दैन, त्यसैले चिसो हुँदै बुट्टा भर्नुपर्छ ।’ तयारी हुन कति दिन लाग्छ, घाम लागे तीन दिनमा सुक्छ नभए धेरै दिन लाग्छ । त्यसमा पनि पोल्नको लागि पालो कुर्नुपर्छ । ‘पहिला छ्वाली दाउराले पोल्दै आएका थियौं, अहिले पोल्नको लागि सबैले पैसा उठाएर पोल्ने मेसिन ल्याएका छौं ।’ उनले भनिन् ।

अगाडिका पुस्ताले काम सम्हाल्दै आएको भएपनि पछिल्लो पुस्ताको चासो कम परेको छ । ‘पछाडिको पुस्ताले पनि अलि अलि काम गरिरहेका छन् तर दुःख गर्ने कम छन् । अहिले माटो पनि पाइदैन।’ उनले भनिन्, ‘माटो महंगो पनि छ, माटो भक्तपुरमै पाइने भएपनि कम हुँदै गएको छ । पहिला माटो पर्याप्त थियो । माटोले हात फुट्छ, पंजा लगाउन मिल्दैन । चिसो समयमा धेरै हात फुट्छ ।’

अर्का व्यवसायी रोशन प्रजापति बनाएको सबै काठमाडौं उपत्यकामै बिक्री हुने र बाहिर तिर कमै मात्र जाने बताउँछन्। ‘पहिले भन्दा अहिले जनसंख्या पनि बढेको छ तर त्यसको तुलनामा बिक्री कम छ , त्यही पनि काम बन्द गर्नुपरेको छैन’ उनले भने, ‘पहिला भन्दा माटो कम पाइएको छ। माटो पाइने ठाउँमा घर बन्दा बाहिरबाट ल्याउनुपर्ने अवस्था आयो।’

व्यवसायको प्रवद्र्धनमा सरकारका योजनाका बारेमा उनीहरूले चाल पाएका छैनन् कुनै पनि सरकार र संघसंस्थाबाट सहयोग पाइएका छैनन् । ‘पोट्री स्क्वायर’मा ५० परिवारले माटाका भााडा बनाउँदै आएका छन्, कुनै समय यो व्यवसाय ३ सय परिवारले गर्दै आएको थियो। ‘अहिले धेरैले छाडी सके परम्परा देखि काम गर्दै आएको हाम्रो परिवार कम छ, यो गाह्रो काम हो, कच्चा पदार्थ नपाइने लगायतका समस्याका कारण यो पेशा अंगाल्ने भन्दा छाड्ने बढी छन् ’ उनले भने ।

व्यवसायी विष्णु प्रजापति सरकारले अन्य सहयोग भन्दा पनि कच्चा पदार्थको सहज पहुँच भए मात्रै पनि हुने बताउँछन्। ‘माटोको मात्र होइन पानीको पनि उस्तै समस्या छ, सामान्य पहलमा पनि सरकारले यस्ता काममा सहयोग पुराउन सक्छ तर कसैबाट सहयोग पाइएको छैन ।’ उनले भने।

Leave a Reply

Latest Posts

spot_img

अहिले