Tuesday, January 18, 2022

सडक, शिक्षा, स्वास्थ्य र कृषि लाई प्राथमिकतामा राखेर काम गरेका छौं : अध्यक्ष श्रेष्ठ

जनताको चाहाना असिमित छ र स्रोत सिमित छ । आज नै अहिले नै हुनुपर्छ भने चाहाना छ त्यो परिवर्तन हुनुपर्छ ।

  • नर बहादुर श्रेष्ठ
    अध्यक्ष
    मेलुङ गाउँपालिका, दोलखा

नेपालको बागमती प्रदेश अन्तर्गत पर्ने एक हिमाली जिल्लाको रुपमा परिचित दोलखा जिल्लाको दक्षिणी भेगमा अवस्थित मेलुङ गाउँपालिका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले एक महत्वपूर्ण स्थान हो ।

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस गाउँपालिका प्राकृतिक सम्पदाले सम्पन्न मात्र नभएर विभिन्न जातजाति, धार्मिक एकताको धरोहरका रुपमा समेत परिचित छ । यस मेलुङ गाउँपालिकाको नाम ऐतिहासिक मेलुङ बजारको नामबाट रहन गएको हो । किम्वदन्ती अनुसार तिब्बतबाट लामागुरु आई बस्ती बसाउन ठाउँ खोज्ने क्रममा मन्त्र जपेर अक्षेता फ्याल्दा अहिलेको मेलुङ बजारमा आगो बलेकोले बस्ती बसाल्न थालियो र तामाङ भाषामा ’आगो बलेको’ अर्थात ’मे’ –’आगो’ र ’लुङ’ –’बलेको ज्वाला’ भन्ने शब्दबाट मेलुङ नाम रहन गएको भन्ने भनाइ छ ।

साबिकको मेलुङ, भेडपु, डाँडाखर्क, घ्याङसुकाठोकर र पवटी गाविसहरु मिलाएर बनाईएको मेलुङ गाउँपालिकाको पूर्वमा तामाकोसी गा.पा, पश्चिममा सैलुङ गा.पा.र रामेछाप जिल्ला, उत्तरमा सैलुङ गा.पा. तथा दक्षिणमा रामेछाप जिल्ला पर्दछ । यस गाउँपालिकालाई सातवटा वडाहरुमा विभाजन गरिएका छ ।

पालिकाको नेतृत्व गर्दै आएका अध्यक्ष नर बहादुर श्रेष्ठ जनताको चाहना र आवश्यकता अनुरुप सिमित बजेटमा प्राथमिकताको आधारमा काम गर्दै आएको बताउँछन् । उनी पालिका जनताको काममा प्रतिवद्ध रहेको बताउने अध्यक्ष श्रेष्ठ जनतामा सोंच नकारात्मक भएको बताउँछन्।

जयदेशकर्मी सुसी थिङले मेलुङ गाउँपालिकाले गरेका गतिविधि, योजना र संभावनाका सन्दर्भ भित्र रहेर कुराकानी गरेकी छिन् ।

स्थानीय तहको नेतृत्व गर्दाको अनुभव कस्तो रह्यो ?

पालिका पहिलाको गाबिसको संरचना होे। स्थानीय तह आफैमा सरकार हो। यसले व्यवस्थापिका , न्यायपालिका र कार्यपालिकाको काम गर्छ भने जनतालाइ बुझाउन नै २ वर्ष लाग्यो। त्यसपछि राज्यले पनि स्थानीय सरकार भइसकेपछि संघीय सरकार, प्रदेश सरकारले सिमित बजेट दिन थाल्यो। बजेट स्रोत लाई मुल्यांकन गरेर दिएको भए राम्रो हुन्थ्यो, त्यस्तो देखिएन ।

यसरी दिँदा केही कमजोर आयस्रोत भएको ताप्लेजुङ जस्तो हुन्छ भने राम्रो आयस्रोत भएको गाउँपालिका सिक्किम जस्तै हुन्छ । हामीले संघीय सरकारले दिएको पैसा पारदर्शी रुपमा जनताको हितमा चाहाना अनुसार थोरै भए पनि काम गर्ने कोसिस गर्यौं ।

विकासका क्षेत्रमा कुन कुन कुरालाई प्राथमिकता दिँदै आएको छ ?

हाम्रो पहिलो प्राथमिकतामा सडक सन्जाललाई पार्यौं। हामीले १४ वटा योजनालाई गाउँपालिकाकोे गौरवको आयोजनाका रुपमा र वडास्तरका सडकहरू र बस्तिस्तरका सडकहरू प्लानिङ गरेर बनाइयो। गौरवका आयोजनामा मेलुङ गाउँपालिकालाई तीन वटा सडकलाई लाइफ लाइन सडकको रूपमा बनाएका छौं। यसले एउटा वडा बाहेक सबै वडामा छोएको छ।

सडक संजालसँगै शिक्षा र स्वास्थलाई प्राथमिकतामा राखेका छौं। कृषिमा लाई पनि प्राथमिकतामा राखेको छौं। विभिन्न सडक व्यवस्थापन गरेर राखेको छौ। कति सडकहरूको स्तर उन्नती गरेका छौं।

शिक्षाको क्षेत्रका के के काम भएकाछन् ?

निजी विद्यालय २ र ३३ वटा सामुदायिक विद्यालय छन् । शिक्षाको कुरामा भवन निर्माण गर्ने देखि गरेर विभिन्न ल्यावहरू बनाएका छौं। विद्यालयको कर्मचारी व्यवस्थापन गर्ने कुरा, विषयगत शिक्षकको व्यवस्थापनको गर्ने कुरा, व्यवस्थापन समितिलाई नै व्यवस्थापन गर्ने कुरा सबै कुरा त भयो तर गुणस्तर शिक्षा दिन सकिरहेको छैन ।

स्वास्थ्य क्षेत्रको उपलब्धीको अवस्था कस्तो छ ?

वडाहरूमा स्वास्थ्य चौकी छन्। खोप केन्द्र भवन निर्माण गरेको छांै। अन्य चार वटा सामुदायिक स्वास्थ्य इकाइको स्थापना गरेको छौं। हामीले सरकारले निशुल्क भनेर तोकेका औषधी उपलब्ध गराएका छौं। नमुना कामको रुपमा जोसुकैको मृत्यु भएको खण्डमा ५ हजार किरिया खर्च दिन्छौं। सुत्केरीको लागि सुत्केरी खर्च भनेर ५ हजार दिँदै आएका छौं । गाउँपालिकाबाट सदरमुकामसम्म जानु परेमा यातायात खर्चको व्यवस्थापन गरेको छौं। सुत्केरी हुन सकेन भने हेलिकप्टरबाट काठमाडांै लैजान सहयोग गर्दै आएका छौं।

एम्बुलेन्सबाट उपचार गर्न जाने नागरिकलाई खर्च पनि दिन्छौ। बाढीपहिरोबाटे घर ढल्यो बस्ने ठाँउ भएन खाना नाना र आवास भनेर ३ लाख दिन्छौं। दीर्घ रोगीहरुलाई १० हजारसम्म दिएको छौं। जेष्ठ नागरिक हरुलाई बल्याङ्केट र न्यानो कपडा बितरण गरेका छौं।

कृषिमा कस्ता कस्ता काम भएकाछन् ?

कृषिको क्षेत्रमा मुस्ताङको स्याउलाई माथिल्लोे भागमा रोपेका छौं। अमिलो जातको फलफूल कागती, सुन्तला, किभी र निबुवा बितरण गरेका छौं। तल्लो भागमा आँप,लिची, केरा दिएका छौं । मेलुङ व्यवसायीक कृषि प्रवद्र्धन भनेर ३० वटा समूह बनाएका छौं। जसले अखबरे खुर्सानी, बेमौसमी तरकारी उत्पादन गर्ने काम गर्छ । जसलाई समूहगत रुपमा २ लाख पैसा दिएको छौं। मेसिन उपकरणमा हाते ट्याक्टर , मिनि ट्याक्टर, च्यापकटर, ७५% अनुदानमा बितरण गरेको छौं। सुधारिएको हलो पनि बितरण गरेको छौं। एक हजार जति गोठ सुधार सप्पन्न भएको छ। जो किसानले भैंसी पाल्छ उसलाइ ५० हजार अनुदान दिएका छौं ।

बीउ आलु बनाएको छौं। जसको लागि चिस्यान केन्द्र बनाएका छौं। दुधको लागि डेरी स्थापना पनि गरेको छांै। बजारमा जे माग गर्छ त्यही उत्पादन गछौं। सिंचाइ र सोलारको कार्यक्रम ल्याएका छौं। विभिन्न वडाको लागि अनुदान उपलब्ध गरेका छौं। होमस्टेको लागि ५०% अनुदान दिएको छौं। छोर्देन (गुम्बा)को लागि पनि केही बजेट दिएको छौं।

पालिकामा पर्यटन संभावनाको अवस्था कस्तो छ ?

यो क्षेत्र पर्यटनमा धेरै सम्भावना भएको ठाँउ हो । जहाँ मन्दिर, गुम्बा धेरै छ , सैलुन जाने बाटो छ । पर्यटन क्षेत्र सुधारका लागि गुरु योजना बनएका छौं । जहाँ विभिन्न जडिबुटी र जनावरको संरक्षण गरेका छौं। सैलुनको शुद्ध पानीको संरक्षण गरेका छौं । एक घर एक धारा र शौचालय बनाउने कार्यक्रम बनाएका छौं।

स्थानीय तहले कति स्वायत्तता महसुस गरेको छ ?

बजेट दिँदा पालिकालाई समन्वय नगरेकोले स्वतन्त्र छैन । सबै कारोबार गाउँपालिकालाई दिनुपर्छ। प्रदेश र केन्द्रीय सरकारले अङ्कुश लगाउन पाउँदैन र हँुदैन । सिमित बजेटले समित काम भएको छ । प्रदेश र संघीय सरकारले कानुन प्रष्टसँग ल्याउनुपर्छ । हाम्रो सरकारमा अझै पनि दलालतन्त्र छ त्यो हट्नुपर्छ ।

सिमान्तकृत समुदायको हितमा के के काम भएकाछन् ?

दलित समुदायको लागि टेलरिङ्ग गर्नेको लागि सिलाइ कटाइ तालिम, परम्परागत पेसा जुत्ता सिलाउँछु भन्यो भने हामी यसको लागि तालिम र उपकरण उपलब्ध गराउछौं । २० लाख बजेट विनियोजन गरेका छौं। महिलाको लागि जनै, लाखबत्ति बनाउने, दुनाटपरी बनाउने र अगरबत्ति बनाउने, आधुनिक औजार बनाउने, बेमौसमी तरकारी खेती आदिमा तालिम दिएर व्यासायिक बनाएर दुध र तरकारीमा आत्मनिर्भर बनाउने हाम्रो उद्धेश्य छ।

स्थानीय तहले भोग्दै आएको चुनौती के के छन् ?

चुनौतीहरू जनताको नकारात्मक सोंच प्रमुख छ । त्यो ठूलो चुनौती हो। एउटा सरकारले दिएको बजेट अर्को सरकार आउँदा हटाइ दिन्छ, जसले गर्दा धेरै गाह्रो भएको छ। जनताको चाहाना असिमित छ र स्रोत सिमित छ । आज नै अहिले नै हुनुपर्छ भने चाहाना छ त्यो परिवर्तन हुनुपर्छ । हामीलाई गा¥हो छ । कृषि प्राविधिक र भेटनरी डाक्टर आउनुपर्यो।

पालिकाको आन्तरिक स्रोतको अवस्था कस्तो छ ?

आन्तरिक स्रोत त्यति छैन । हाम्रो पालिकामा व्यापार तथा व्यावसायबाट मात्रै हो।

Leave a Reply

Latest Posts

spot_img

अहिले