मन्त्रालय हेरफेर र दुई मुख्यमन्त्री आफ्ना बनाउने भएसँग नेकपा (एस) सरकारमा जाँदै, को को बन्दैछन् मन्त्री ?

काठमाडौं– प्रदेश १ र बाग्मती प्रदेशको मुख्यमन्त्री पाउने भएसँगै नेकपा एकिकृत समाजवादी सरकारमा जाने भएको छ।

नेकपा (एस) सरकारमा जान अनिश्चित भएसँगै रोकिएको मन्त्रिपरिषद् विस्तार अब अगाडि बढ्ने भएको छ । मुख्यमन्त्री मात्र हैन नेकपा (एस)ले रिक्त नरहेका मन्त्रालयमा समेत आफ्नो पहुँच पुराएको छ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले मन्त्रालय भागबन्डामा हेरफेर भएको छ। बिहीबार गठबन्धनको बैठकले भागवण्डा मिलाएसँगै आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।

नेकपा एसले कांग्रेसले सम्हालेको स्वास्थ्य मन्त्रालयले पनि पाउने भएको छ। त्यस्तै पर्यटन, सहरी, स्वास्थ्य र श्रम मन्त्रालय एस पार्टीलाई दिइएको छ। त्यस्तै दुई राज्यमन्त्री पनि एस पार्टीलाई दिने सहमति गरेपछि एस पार्टी सरकारमा जान सहमत भएको हो।

सरकारमा जाने भएसँगै नेकपा एस नाम टुंग्याउने कसरतमा लार्गको छ । सरकारमा सहभागी हुने मन्त्री टुङ्गो लगाउने जिम्मेवारी नवगठित केन्द्रीय सचिवालयलाई दिएको छ। आज बस्ने सचिवालय बैठकले चार जना मन्त्री र एक जना राज्यमन्त्रीको नाम टुङ्गो लगाउने छ।

नेकपा एसबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले मगर, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, भवानी खापुङ र किसान श्रेष्ठमध्ये पाँच जनालाई सरकारमा पठाउने चर्चा चलेको छ।

बिहीबार बसेको स्थायी कमिटी बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार खतिवडालाई शहरी विकास, झाँक्रीलाई स्वास्थ्य, आलेलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रेष्ठलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाउने प्रस्ताव छ ।

Leave a Reply

Latest Posts

spot_img

अहिले