Tuesday, January 18, 2022

नागरिक अस्पताल होइन, अस्पताल नागरिकको पहुँचमा पुराउने हाम्रो लक्ष्य छ : अध्यक्ष गुरुङ

पालिकामा कृषि, पशुपालन, पर्यटनसँग जोडिएका अनेक संभावना छन् । केही गरौं भन्ने सोंच भएकाहरू रोजगारीको लागि परदेशिएर बाकसमा फर्किने स्थितिको कल्पना हामी गर्न सक्दैनौं। स्वरोजगारका हरेक संभावनामा साथ दिन हामी तयार छौं ।

गीता कुमारी गुरुङ
अध्यक्ष
इच्छाकामना गाउँपालिका , चितवन

चितवन जिल्लामा एक महानगर, पाँच नगरपालिका र एक गाउँपालिका व्यवस्था भएको छ । यी सात स्थानीय तहहरु मध्ये इच्छाकामना गाउँपालिका प्राकृतिक छटाले भरिपूर्ण सुन्दर गाउँपालिका हो ।

लामो झरना जलविरे, सिराईचुली, हात्तीवाङ ऐतिहासिक क्षेत्र उपरदाङगढी, धार्मिक क्षेत्र इच्छाकामना माईको मन्दिर, जलबिरे मन्दिर, मनकामना केवलकार, त्रिशुली नदि, मुग्लिन बजार रहेको यस क्षेत्र पर्यटन विकासका लागि प्रचुर सम्भावनायुक्त गाउँपालिका हो ।

यो गाउँपालिका त्रिशुली नदीको काखमा अवस्थित छ । यस गाउँपालिकाको पूर्वमा धादिङ्ग जिल्ला पश्चिममा तनहूँ तथा भरतपुर महानगरपालिका, उत्तरमा गोर्खा र दक्षिणमा कालिका नगरपालिका रहेका छन् । राजधानी काठमाण्डौं देखि करिब १०० कि.मि. दक्षिण पश्चिममा रहेको यो गाउँपालिका समुन्द्री सतह ५०० मि.उचाइ देखि १५०० मि.उचाइमा अवस्थित छ ।

यस गाउँपालिकामा ७ वटा वडाहरु छन् । वि.स. २०६८ को जनगणना अनुसार यस गाउँपालिकाको कुल जनसंख्या २५ हजार १२ रहेको मध्ये १२ हजार ५ सय ५२ महिला र १२ हजार ४ सय ६० पुरुष छन् । साविक दारेचोक, चण्डिभञ्ज्याङ्ग, काउले र दाहाखानी गा.वि.स.का सबै वडाहरुलाई मर्ज गरेर ७ वटा वडाहरु रहेको यस इच्छाकामना गाउँपालिका जनजातिहरुमा (गुरुङ्ग, मगर, तामाङ्ग, नेवार, थकाली) अति सिमान्तकृत चेपाङ्ग, अल्पसंख्यक मुस्लिम तथा खस आर्यमा ब्रामहण, क्षेत्री, ठकुरी र दलित बसोबास गर्छन ।

मुलुक संघीय संरचनामा गइसकेपछि विकास निर्माणमा पछाडि परिएको यस क्षेत्रमा अनेक संभावना सहितको विकास भएको पालिकाकी अध्यक्ष गीता कुमारी गुरुङ बताउँछिन्। कृषि, पशुपालन, पर्यटन लगायतका क्षेत्रबाट पालिकालाई माथि उठाउन सकिने उनको अनुभव छ ।

अध्यक्ष गुरुङसँग जयदेशकर्मी सुसी थिङले पालिकाको उपलब्धी योजना र संभावनाका विषयका कुराकानी गरेकी छिन् ।

स्थानीय सरकारको नेतृत्व गरेको साढे चार वर्षको यहाँको अनुभव कस्तो रह्यो ?

एकदमै गर्वशाली ठानेको छौं। गर्व गर्न लायकको काम गर्न सकेको छ । नागरिकले सदियौं देखि भोग्दै आएको कुरा हामी जनप्रतिनिधि आएर पुरा गर्न पाएका छौं। आफ्नो योजना पुरा भएको छ । नयाँ खालको अनुभव भएको छ।

यसबीचमा कस्ता कुरालाई प्राथमिकता दिनुभयो ?

भौगोलिक हिसावले पनि विकासको काममा हाम्रो पालिकको दूर दराजको ठाँउ हो । चितवनको एक मात्रै गाउँपालिका ,जहाँ बाटो निर्माण भएको थिएन । नागरिकले एउटा वडाबाट अर्को वडामा सहजै पुग्नको लागि सडक संजाल विस्तार भएको छ । एकै ठाउँमा भएर पनि परदेशमा बसेको जस्तो थियो ।

बाटो मात्रै विकासको आधार होइन, नागरिकलाई सक्षम बनाउने अभियानमा छौं। नागरिक सिटामल खान नपाएको अवस्था, सुत्केरी आमा बच्चा जन्माउन नसकेर बाटो मै मृत्यु भएको अवस्था, बच्चाले खोप नपाएको अवस्था लगायतका न्युनतम स्वास्थ्य समस्या समाधानका लागि स्वास्थ्यचौकी व्यवस्थित छन्।
नागरिकलाई सुरक्षा स्वास्थ्यलाई ध्यान दिएको छौं। सबै कामहरूलाइ सहि तरिकाले गरेको छौं। भुगोल मिलाएर स्वास्थ्य चौकी निर्माण भएको छ र अस्पतालको समेत निर्माणको क्रममा छौं।

स्थानीय तहलाई गाउँको सिंहदरबार भनिन्छ, नागरिकले यसको अनुभव गर्न पाए ?

घर घरमा सिंहदरबार आएको अनुभव गर्न पाएको छ्न। किनकी नागरिकलाई परेको दुःख समस्या सबै नजिक गएर काम गरेको छौं। नगरिकको स्वास्थ्य संवेदनशिलताका लागि उपचार नपाएर ज्यान गुमाउन नपरोस् भनेर नागरिक अस्पताल जाने होइन अस्पताल घर घरमा जाने हो भनेर कार्यक्रम लिएर स्वास्थ्यकर्मी घरमै गएर उपचार गर्दै आएकाछन् । जेष्ठ नागरिक र बालबालिकालाई उपचार गरेको छन् ।


स्थानीय तहलाई स्वायत्त निकाय भनिन्छ, यसको महसुस आफैले कति गर्नुभयो ?


यो अब स्वतन्त्र भने कुरा के हुन्छ भने हामीलाई दिएका २२ वटा अधिकारछन्। तर प्रदेश र केन्द्रिय सरकारले गर्छ भने हामी पनि जनप्रतिनिधि हो भनेर उनीहरूको इच्छामा बजेट दिएको हुन्छ ,त्यहाँ आवश्यक छ कि छैन थाहा नभएकोले दिन्छ । अनि हामीले यो ठाउँमा आवश्यक छ भनेर योजना बनाएर पठाउँदा पनि सम्बोधन हुँदैन, हामीलाई रोक लगाउँछ्न । कर्मचारीको मन परितन्त्र छ, केही समय अनुभव लियो अनि अर्को ठाउँमा जाने प्रबिधिले गर्दा , काममा ढिलाइ भएको छ। यसले गाउँपालिकालाई असहज भएको छ। हामी आफैलाई सबै दिएको भए राम्रो हुन्थ्यो ।

पालिकाले शिक्षा क्षेत्रमा के गर्दै आएको छ ?

सामुदायिक विद्यालय ५१ वटा र ६ वटा निजी विद्यालय छन्। सबै माध्यामिक विद्यालयहरूमा +२ को व्यवस्था गरेको छ। एउटा क्याम्पस संचालनमा ल्याइएको छ। हामीले प्राविधिक शिक्षाको गत वर्ष देखि ११ र १२ कक्षाका लागि कृषि र भेटेनरीको लागी ८ कक्षाबाट पढ्ने व्यवस्था मिलाएका छौं। दक्ष जनशक्ति नभएको हाम्रो पालिकामा पालिका भित्रकै दक्ष जनशक्ति उत्पादनको लागि १ लाख अनुदान उपलब्ध गराउँछौं। जुन इन्जिनियर ,डाक्टर ,नर्स , सिए अध्ययन गर्नेले पाउँछन्।

कृषिमा कस्ता कस्ता काम भएकाछन् ?

कृषि र पशुमा भन्नुपर्दा जल, जग्गा र जनता छ । तर यसलाई कसरी उपयोग गर्ने भन्ने कुरामा हामी चिन्तित छौं। बैदेशिक रोजगारीका नाममा बाकसमा फर्कने कुरा रोकिनुपर्छ। हामी बेरोजगार होइन स्वरोजगार बन्नुपर्छ।


पालिकाले तीन वटा दुनो भैंसी पाल्नेलाई ५० हजार देखि १ लाखसम्म अनुदान दिएको छौं। जमिन बाँझो राख्नु हुँदैन भनेर विदेशबाट फर्केका युवालाई हामीले १ लाख अनुदान दिएको छौं। बङ्गुरपालन गर्ने, समुहमा व्यवसाय गर्नेलाई ७ लाख देखि समूहमा १८ लाखसम्म दिएका छौं। सिंचाइको व्यवस्था गरेको छौं। ५० हजार देखि १ लाखसम्म कागती , केरा तथा अन्य जातको फलफूलको बिरुवा बितरण गरेको छौं। बिउबिजन तथा तालिम पनि दिने गरेको । सिंचाइको व्यवस्था गरेको छौं। सङ्गै अनुगमन पनि गरेको ।


बजार व्यवस्थापन कसरी गर्नुभएको छ ?

बजारको व्यवस्था को सिस्टुङमा तरकारी संकलन र बिक्री बितरण केन्द्र बनाएको छौं। व्यापारी बोलाएर लग्दै आएकाछन्।

तपाईको पालिका पर्यटकीय संभावनाले कति उपयुक्त छ ?

इच्छाकामना गाउँपालिका चितवन जिल्लाको शिर हो । धेरै पर्यटकीय संभावना बोकेको ठाउँ पनि हो। लामो झरना, इच्छाकामना मन्दिर लगायतका विभिन्न ठाउँ छन् । यहाँको ठाउँलाई चिनाउनु र यहाँ धेरै भन्दा धेरै पर्यटन भित्र्याउनु हाम्रो मुख्य लक्ष्य हो । त्यसैले हामीले यहाँ होम स्टेहरू बनाएको छौं। जहाँ लोकल कुखुरा पाल्न लागाउँछौ जसमा स्थानीय स्तरको खानेकुरालाई विशेष जोड दिन्छौं । भएको उत्पादनलाई त्यही स्वाद दिन्छौं। बाटो,खानेपानी ,शौचालयको व्यवस्था गरेको छौं।

योजना र प्रतिवद्धता कति पुरा भए ?

सबैकुरा त एकैचोटी पुरा गर्न सकिँदैन तर सबै जस्तो आवश्यकता पुरा गरेको छौं। हाम्रो नीति र नियम अनुसार गरेका छौं। सडक निर्माण गरेको छौं तर पिच सडक बनाउन सकिएन, ठूल्ठूला योजना बनाउन सकेन, सुविधा सम्पन्न अस्पताल बनाउन सकिएन। अबका दिनहरूमा राख्ने योजना छ। पानीको मुहान सम्म पुग्न घण्टौं लाग्ने ठाँउमा घर घरमा ल्याएको छौं।

पारदर्शिता र सुशासनमा कति सचेत हुनुहुन्छ ?

हामीले सूचनाको हक अनुसारका जानकारी दिएको छौं। परदर्शिता र सुशासनको कुरामा सचेत छौं।
सामाजिक सुरक्षा भत्तामा संघीय सरकार गरेको व्यवस्था भन्दा केही फरक छ ?

हामीले फरक योजना बनाएको छौं। जेष्ठ नगारिकलाई चाडपर्व भत्ता, एकल पुरुषलाई, एकल महिला जो अविवाहित छन्, नागरिकको इच्छा अनुसार हामीले सबै गरेका छौं तर संघीय सरकारले रोक्नु भनी आदेश आएको छ।

पालिकाका चुनौती के के छन् ?

यो अवसर पनि हो त्यसैले पनि चुनौतीहरू धेरै आए, जनप्रतिनिधिमा पनि मतभेद, कर्मचारीको व्यवस्थापनमा पनि धेरै चुनौती आए । हामीले सुधार गर्दै गयौं। पालिकालाई जुन अधिकार पालिकालाई व्यवस्था गरेको छ, त्यसलाई पूर्णरुपमा कार्यान्वयन गर्न दिए राम्रो हुन्थ्यो।

पालिकाको आन्तरिक आयस्रोत के छ ?

आयस्रोत भन्नुपर्दा खोलाबाट, काठबाट लिन सकिरहेको छैन । खानी र व्यवसाय गरेकोबाट हो । त्यसको पनि स्रोत र साधनको सहि सदुपयोग गर्न सकेको छैन ।

Leave a Reply

Latest Posts

spot_img

अहिले