विश्वकर्माको पूजाको रौनक (फोटो फिचर)

काठमाडौं – कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगढले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।

विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ ।

बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी शनिबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।

आजका दिन कालिगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

सवारी धनीहरूले आज आफ्ना सवारी साधन धोई–पखाली पूजा गरेका छन् भने मिठाइ र फलफूल विश्वकर्मा बाबालाई चढाएका छन् ।

उपत्यकाका विभिन्न स्थानमा गरिएका विश्वकर्मा पूजाको केही तस्बिरहरु :

Leave a Reply

Latest Posts

spot_img

अहिले