आईसिसी वल्र्ड कप लिग–२ अन्तर्गत नेपाल–ओमानको खेलमा ओमानलाई १९७ को लक्ष्य

काठमाडौं– आईसिसी वल्र्ड कप लिग–२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत घरेलु टोलीलाई नेपालले जितका लागि एक सय ९७ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४७ ओभर ४ बलमा सबै विकेट गुमाएर एक सय ९६ रनमा समेटियो।

नेपालका आसिफ शेखले ९०, ज्ञानेन्द्र मल्लले २१ , करन केसीले २१ , रोहित पौडेलले २० र सन्दीप लामिछानेले १६ रन बनाए। कुशल भुर्तेल ०, विनोद भण्डारी ६, सोमपाल कामी ७ र कुशल मल्ल ४ रन जोडेर आउट भए।

पालीको दोस्रो बलमा कुशल भुर्तेल आउट भए। उनले रन जोड्न सकेनन्। यसअघि सोमबार अमेरिकाविरुद्ध उनले ८४ रन जोडेका थिए।

त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर आसिफबीच दोस्रो विकेटका लागि ५८ रनको साझेदारी भएको थियो। नेपालले सय रन जोड्दा केवल २ विकेट गुमाएको थियो। तर त्यही अवस्थामा रोहित आउट भएपछि नेपाल लगातार दबाबमा आएको थियो।

ओमानका बिलाल खान एक्लैले ४ विकेट लिए। उनले ३४ औँ ओभरमा कुशल मल्ल र ३६ औँ ओभरमा आसिफ र विक्रम सोबलाई आउट गरेका थिए। कुशल भुर्तेललाई पनि बिलालले आउट गरेका थिए। करन र सुसन भारीबीच १० औँ विकेटका लागि २३ रनको साझेदारी भयो।

प्रतियोगितामा सोमबार अमेरिकालाई ५ विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको थियो। ५ खेलबाट ६ अंक भएको नेपाल छैटौँ स्थानमा छ। १० खेलबाट १४ अंक भएको ओमान शीर्षस्थानमा छ।

Leave a Reply

Latest Posts

spot_img

अहिले