ट्रमा सेन्टरको निमित्त निर्देशकमा डा.जोशी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाडजोर्नी रोग विशेषज्ञ डा.प्रमोद जोशीलाई राष्ट्रिय ट्रमा सेन्टरको निमित्त निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको छ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले डा.जोशीलाई निमित्त मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गर्ने निर्णय गरेका हुन्।

मन्त्रालयले निमित्त निर्देशक डा.सन्तोष पौडेललाई कान्ति बाल अस्पतालमा पठाएको छ।

Leave a Reply

Latest Posts

spot_img

अहिले