एमालेमा रावल र भट्ट- इन्चार्जमा आ–आफ्नै दावी

कैलाली–नेकपा एमालेका उपाध्यक्ष भीम रावल मंगलबार धनगढी पुगे। आफूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम इन्चार्जको जिम्मेवारीबाट हटाएको कुरा चर्चामा आएपनि कार्यकर्ताहरूसँग भने उनले इन्चार्ज आफूनै भएको बताइरहेका थिए।

रावलले आफूपार्टीको उपाध्यक्ष र सुदूरपश्चिम संयोजकको हैसियतामा रहेको पटक पटक दोहोरइरहे तर उनले पद त्याग्नको लागि तयार रहेको भने बताए । ‘पार्टीको हित हुन्छ भने म पद छाड्न डराउने मान्छे होइन, तर उपलब्धि नहुने गरि कसैले कसैलाई जिम्मा दिन्छ भने त्यसको अर्थ छैन’ उनले भने।

उनले त्याग गर्न आफू मात्र हैन सबै कार्यकर्ता त्याग गर्न तयार हुनुपर्ने बताए। उनले भने, ‘तर त्यागलाई कमजोरी ठान्न पाइन्न।’

धनगढीमा रावलले कार्यकर्ता भेलालाई सम्बोधन गरिरहँदा ओलीले सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी दिएका लेखराज भट्टले कञ्चनपुरमा घोषणा गरिएको सुख्खा बन्दरगाह क्षेत्रको अनुगमनमा थिए।

कञ्चनपुरमा उनले एमाले सदूरपश्चिमको इन्चार्ज आफू नै भएको दाबी गरे। उनको दावी थियो, ‘अध्यक्ष ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँड गरेर आफूलाई प्रदेश इन्चार्ज तोक्नुभएको हो इन्चार्जको विषयमा कुनै विवाद छैन।’

एमाले विभाजन हुँदा ओलीसँगै फर्किएको तेस्रो धारको रुपमा चिनिने रावल लगायत नेताको समूह यतिबेला सशंकित छ । रावलले आफू निटक नेतासँग ओलीले आफूहरुलाई धोका दिएको बताएको कुरा कुरा आएको छ । रावलको तर्क छ, ‘सबैमा जेठ २ लागुहुने म मा लागु नहुने भन्ने हुन्न ।’

Leave a Reply

Latest Posts

spot_img

अहिले