पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट १९ जनाको मृत्यु भएको छ । थप १५ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २६६ पीसीआर परीक्षण र ४१ सय ७७ एन्टिजेन गरी जम्मा १४ हजार ४४३ परीक्षणमा १५ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज देशभर गरी २६ हजार २०२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २४ हजार ६९० जना होम आइसोलेसनमा र १५ सय १२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ४ सय ५३ सघन उपचार कक्षमा रहेका छन् भने १ सय ३७ भेन्टिलेटरमा रहेका छन् । यसैगरि २ सय २३ क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १५ सय ८९ रहेको छ ।

Leave a Reply

Latest Posts

spot_img

अहिले