एमालेका सांसद पाण्डेय र भट्टले नेकपा(एस) रोज्न पाउने

काठमाडौं– नेकपा एमालेका सांसद सोम प्रसाद पाण्डेय र शारदा भट्टले नेकपा एकिकृत समाजवादी रोजेको अवस्थामा पनि सांसद पद नगुम्ने भएको छ।

सर्वोच्च अदालतले एमालेका सांसद पाण्डे र भट्टले नेकपा (एस) रोजे कुनै कारबाही नगर्न अन्तरिम आदेश गरेको हो।

सुरूको निवेदनमा नाम नभएको भन्दै निर्वाचन आयोगले उनीहरूलाई नेकपा (एस) मा सनाखत गर्न दिएको थिएन। त्यसविरूद्ध उनीहरूले सर्वोच्च अदालतमा दिएको रिटमाथि न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको इजलासले समाजवादीमा आवद्ध हुन दिन अन्तरिम आदेश दिएको हो।

उनीहरू दुबैले आफूमाथि एमालेले दलत्यागको कारबाही गर्न सक्ने भन्दै त्यसलाई रोक्न पनि माग गरेका थिए।

सर्वोच्चले भने उनीहरू दुवैलाई एकिकृत समाजवादीमा आवद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै कामकारही नगर्न नगराउनु भनि अन्तिम आदेश जारी गरेको हो।

इजलासको आदेशकमा उल्लेख छ, ‘निवेदकहरू पाण्डे र भट्टले नेकपा (एकिकृत समाजवादी) दलमा आवद्ध हुने गरी भदौ ८ गते प्रत्यर्थी निर्वाचन आयोगमा निवेदन गरी रोजेको आधारमा निजहरूको सो दलमा आवद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै कामकारबाही नगर्नु नगराउनु भनि प्रस्तुत निवेदन अन्तिम किनारा नलागेसम्मका लागि प्रत्यर्थीहरूका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ,’ ।

Leave a Reply

Latest Posts

spot_img

अहिले