पत्रकारको निशुल्क दुर्घटना बीमा

रामपुर (पाल्पा) – नेपाल पत्रकार महासंघ पाल्पाले पत्रकारको निशुल्क दुर्घटना बीमा गरेको छ । शाखामा आबद्ध सदस्य तथा कर्मचारी गरी १०१ जनाको दुर्घटना तथा उपचार खर्च बीमा गरिएको हो ।

महासंघले प्रत्येक पत्रकारको रु एक लाख बिमाङ्कको दुर्घटना बीमा र रु दश हजार बराबरको उपचार खर्च सहितको बीमा गरिएको महासंघका अध्यक्ष रेखिराम रानाले बताउनुभयो । महासंघले सेवा प्रदायक कम्पनी सगरमाथा इन्स्योरेन्स कम्पनीसँग बिमा सम्झौता गरेको छ ।

बीमित व्यक्तिहरु बिरामी भई उपचार गर्दा लागेको खर्चमा अधिकतम रु १० हजार खर्च कम्पनीले व्यहोर्ने छ भने कुनै पत्रकारको दुर्घटनामा परी मृत्यु भएमा रु एक लाख कम्पनीले उपलब्ध गराउने महासंघका कोषाध्यक्ष मुक्तिप्रसाद न्यौपानेले जानकारी दिए ।

Leave a Reply

Latest Posts

spot_img

अहिले