सरकारले बजेट खर्चिन नपाउने, एमाले भन्छ, ‘के गर्नुपर्छ सरकारलाई थाहा छ,वातावरण बनाउन सहयोग गर्छौं’

काठमाडौं – प्रतिस्थापन विधेयक संसदबाट पारित नभएसँगै सरकारले बजेट खर्च गर्न नपाउने भएको छ।

संसद सुचारु हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ।

सो व्यवस्थाअनुसार बुधबार समयावधि सकिँदैछ। संसद बैठक नै असोज ४ गतेसम्मका लागि स्थगित भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले सर्व सम्मत नभएर प्रकृया पुराएर विधेयक पारित हुने बताए । उनले खर्च गर्न नपाए पनि कर उठाउने उठाउन नरोकिने बताए । ‘प्रतिस्थापन विधेयक नआएपनि कर नियमित रुपमै उठ्छ, खर्च केही दिन रोकिन पनि सक्छ।’ उनले भने ।

एमाले नेता सुवासचन्द्र नेम्वाङले संसदको वैठक र कार्यसूचीको बारेमा संसदलाई जानकारी नै नभएको र सत्ता पक्षको ढंग नपुग्दा अहिलेको अवस्था आएको बताए।

उनले सरकारले बजेट खर्च गर्न नपाउने अवस्था आएको सम्बन्धि जिज्ञासामा भने, ‘सरकार के गर्न पर्छ, उसैलाई थाहा छ, आवश्यक पर्दा हामी सघाउँछौ ।’

Leave a Reply

Latest Posts

spot_img

अहिले