एमालेको विरोधकाबीच अघि बढ्यो विनियोजन विधेयक, संसद असोज ४ सम्मका लागि स्थगित

काठमाडौं – नेकपा एमालेका सांसदहरुको अवरोधकैबीच बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक अघि बढाएका छन् ।

प्रतिनिधिसभाको आज मंगलबारको बैठकमा पनि नेकपा एमालेले अवरोध गरेको छ ।

सो क्रममा रोष्ट्रममा नै रहेका अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफल अघि बढाइयोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

शुक्रबार प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधकाबीच अर्थमन्त्री शर्माले पेश गरेको प्रतिस्थापन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव मंगलबारको बैठकबाट ध्वनी मतका आधारमा पारित गरिएको हो ।

एमाले सांसदहरुले नाराबाजीकै बीच बजेट छलफल पनि अघि बढाएपछि सभामुखले ४ असोजसम्मका लागि बैठक स्थगित गरेका छन् ।

एमालेले आफूले कारवाही गरेका १४ जना सांसदको विषयमा सूचना टाँस नहुँदासम्म संसदमा अवरोध कायम राख्ने बताउँदै आइरहेको छ ।

Leave a Reply

Latest Posts

spot_img

अहिले