ढुङगा खसेर बसमा लाग्दा १ को मृत्यु, ३ जना घाइते

बैतडी – पाटन नगरपालिका–८ झ्याउलेखस्थित सडकमा महेन्द्रनगरबाट बझाङको चैनपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख ११५६ नम्बरको बसमा पहिरोको कारण ढुङगा खसेर लाग्दा बसमा सवार बझाङ थलारा गाउँपालिका–५ बस्ने १८ वर्षीय अर्जुन नेपालीको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ

ढुंङगा खसेर लाग्दा अन्य ३ जना समेत घाइते भएको भन्ने खबर प्राप्त हुनासाथईलाका प्रहरी कार्यालय पाटन र प्रहरी चौकी खोड्पेबाट खटिएको प्रहरीले घाइतेहरुको उद्दार गरी उपचारको लागि डडेल्धुरा अस्पतालमा पठाउनुका साथै आवश्यक उद्रार कार्य गरिरहेको छ ।

Leave a Reply

Latest Posts

spot_img

अहिले