एमालेले बहिस्कार गरे पछि सभामुखले बोलाएको बैठक बिना निष्कर्ष टुंगियो

काठमाडौं– सभामुख अग्नि प्रसाद सापकोटाले राखेको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ। निरन्तर संसद बैठक अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उठाएका माग छलफल गरेर बैठक संचालन गर्ने सन्दर्भमा छलफल गर्न बोलाइएको बैठक एमाले नै बैठकमा उपस्थिति नभएसँगै बैठक निष्कर्षमा नपुगेको हो।

राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले सभामुख अग्नि प्रसाद सापकोटा र सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बिहान देखि सम्पर्कमा ल्याउन खोज्दा सम्पर्कमा नआएको ब्रिफिङ भएको बताइन्।

‘उहाँहरू नै नआए पछि बैठक निष्कर्षमा पुग्ने कुरै भएन, फेरि पनि उहाँहरूलाई सहमतिमा ल्याएर छलफल गर्नुको विकल्प छैन, सभामुखले सहमतिमा ल्याएर छलफल गर्ने बताउनु भएको छ’ सांसद पौडेलले भनिन्, ‘प्रमुख प्रतिपक्षी जस्तो जिम्मेवार पार्टीले संसदलाई अनिर्णयको बन्दी बनाउन पाइदैन, एमालेले यसका विषयमा सोंच्नुपर्छ।’

Leave a Reply

Latest Posts

spot_img

अहिले