१२ सय ६० संक्रमणमुक्त, थप १४ सय ८६ जनामा संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर १४ सय ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणमुक्त हुनेको संख्या १२ सय ६० रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५ सय ३२ पीसीआर परीक्षणमा ११ सय ४९ जना र ४ हजार ७ एन्टिजेन परीक्षणमा ३७ जना गरी १४ सय ८६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ३० रहेको छ । जसमध्ये २४ हजार ९ सय ५८ जना होम आइसोलेसनमा र १६ सय ७२ जना संस्थागत आइसोलेसनमा छन् । भने २ सय ६२ क्वारेन्टाइनमा, ४ सय ७५ सघन उपचार कक्षमा र १ सय ३४ भेन्टिलेटरमा रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा र संक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Latest Posts

spot_img

अहिले