जन्मिँदा २ सय १२ ग्राम तौल, १३ महिना उपचार पछि फर्किए शिशु

काठमाडौं– संसारकै सबैभन्दा सानो शिशु जन्मिँदा २ सय १२ ग्राम मात्र तौल भएकी संसारकै सबैभन्दा सानो १३ महिने शिशु १३ महिनाको अस्पतालको बसाई पछि घर फर्किएकी छिन् ।

नेशनल विश्वविद्यालय अस्पताल, सिंगापुरमा ९ जुन २०२० मा उनको जन्म भएको थियो । जन्मिँदा ति शिशुको वजन मात्र २ सय १२ ग्राम मात्र थियो । मानौ एउटा स्याउको तौल बराबर ।

१३ महिने अस्पताल बसाई पश्चात डिस्चार्ज हुने बेला क्वेक यू जुआनको वजन ६ किलो ३ सय ग्राम पुगेको थियो । जन्मको समयमा क्वेक यू जुआनको फोक्सो पुर्णरुपले विकसित थिएन । उनि भेन्टिलेटर बिना श्वास लिन सक्ने अवस्था थिएन्। उनको थाईको आकार सामान्य मानिसको औला जत्रो मात्र थियो ।

उनी जन्मिँदा अस्पतालको आइसियूमा लगिएको थियो, त्यसबेला चिकित्सक झांग सुहेलाई विश्वासै भएन। उनले भने, ‘२२ वर्षको सेवा अवधिमा यस्ता बच्चा कहिल्यै देखिएको थिएन।’

उनको उपचारमा झण्डै साढे दुई करोड खर्च भएको थियो। (एजेन्सीको सहयोगमा)

Leave a Reply

Latest Posts

spot_img

अहिले