एससिसी कार्यान्वयनमा ल्याए जनताले एकिकृत जनक्रान्ती मार्फत कारबाही गर्छन : प्रकाण्ड


काठमाडौं– नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सोमबार राजधानीमा एमसिसी विरुद्ध विरोध प्रर्दशन सहित सभा गरेको छ।

विरोध र्याली पछि खुला मञ्चमा विरोध सभा भइरहेको छ। सभालाई महासचिव विप्लव, प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायतले सम्बोधन गरिरहेकाछन् ।

प्रकाण्डले सम्बोधन गर्दै अमेरिकाले आफ्ने हिन्द प्रशान्त रणनीति अन्तरगत विभिन्न विकासका बहानामा विश्वका श्रमजीवी नागरिकका विरुद्ध सम्रान्यवादी आतंक फैलाउने काम भएका बताए।

उनले प्रधानमन्त्री शेर बहादुर देउवालाई एमसिसी कार्यान्वयनको मुर्खता नर्गन सुझाए । ‘एउटा गल्ती त सम्झौता गरेर गर्नुभयो, अब त्यसको कार्यान्वयनमा जाँदा नेपाली जनताले यत्तिकै छाड्ने छैनन, एकिकृत जनक्रान्तिको निशानामा राख्नेछन् र दलालहरूलाई कारवाही गर्नेछन्’ उनले भने, शासकहरुले गरेको असमान सम्झौताको खारेजीको लागि जनता जनमत संग्रहका जुट्न आवश्यक छ।’

Leave a Reply

Latest Posts

spot_img

अहिले